• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १८ गते। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। 

आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले थप छलफलका लागि बिहीबार बिहान ११ बजे बैठक बस्ने सदनलाई जानकारी गराउनुभएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गर्नुभएको छ ।