नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा ‘नमस्ते पे’को सुविधा पनि थप गरेको छ । टेलिकम र राष्ट्रिय बैङ्कले भुक्तानी सेवा प्रदायकका रूपमा संयुक्त रूपमा सञ्चालान गरेको ‘नमस्ते पे’ पनि एपमा समावेश भएपछि ग्राहकले अब सोझै यसका सेवा प्रयोग गर्न सक्ने छन् ।
काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।
लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्षमाथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकबाट ४० काटेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो ।
गोरखापत्र दैनिकले प्रत्येक बुधबार लोकसेवा सम्वन्धि ताजा सामाग्रीहरु प्रकासन गर्दै आएको छ । लोकसेवा अध्यन गर्ने विद्यार्थीहरुका लागि अतिनै उपयोगी बन्ने समसामयिक ताजा विषयबस्तुहरु मात्र समेटेर गोरखापत्रले अनलाइन मार्फत प्रकासन गरेको यी सामाग्रीहरु पढ्न नछुटाउनु होला ।
कर्णाली कोरिडोरको प्रवेशद्वार मानिने खुलालुमा जोखिमयुक्त सडकका कारण यात्रुहरूलाई सास्ती भएकोे छ । पुल पार गर्नासाथ ओरालोमा ठूला ढुङ्गा रहेको र ती ढुङ्गा पन्छाउन कसैले पनि चासो नदिँदा सो सडकखण्ड जोखिमयुक्त भएको छ । यहाँ सडक पार गर्न घण्टौँ लाग्ने गरेको छ ।
बाजुराका अधिकांश स्थानीय तहमा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि अहिले महिनावारी भएका सयममा महिलाले पुनः छाउगोठमा सुत्न सुरु गरेका छन् ।महिनावारीको समय घरमा सुत्दा धाँमीझाँक्री रिसाए भन्दै उनीहरूले फेरि धमाधम छाउगोठमा सुत्न सुरु गरेका हुन् । पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामीझाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन दबाब दिनुले धमाधम छाउगोठ निर्माण हुन थालेका हुन् ।
भूमीहिनहरुले लालपूर्जा पाउनु पर्ने माग राख्दै व्यास नगरपालिकामा धर्ना दिएका छन् । नगरपालिकाका सुकम्बासी तथा अव्यवस्थित बसोबासी तथा भूमीहिन नागरिकले प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकार्षणपत्र बुझाउनुका साथै धर्ना दिएर दवाब दिन थालेका हुन् ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले फोहोर पानी वितरण गरिरहेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । समितिले समय–समयमा पानी जम्मा गर्ने ट्याङ्कीको सरसफाइ नगर्दा धारामा धमिलो पानी आउने र स्वास्थ्यमा समस्या देखिने गरेको उपभोक्ताको भनाइ छ । “खानेपानीको ट्याङ्की, माछापोखरीजस्तो खुला देखिन्छ भने ट्याङ्कीमा जम्मा गरिएको पानीमा लेउ तैरिएको छ, कीराफट्याङ्ग्रा र चराचुरुङ्गीले फोहोर गरेका छन्,” खानेपानी उपभोक्ता जय मानन्धरले भन्नुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपाली वायुसेवालाई युरोपको आकाशमा उडान अनुमति दिने विषयमा युरोपेली सङ्घका अधिकारीसँग छलफल गर्नुभएको छ । हाल नेपाली वायुसेवाका लागि युरोपेली आकाश खुला छैन ।
नेपाली उड्ययन क्षेत्रले फेरि अर्को एक हवाई दुर्घटनाको दुखद घटना भोग्नुप¥यो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा आइतबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाले ज्यान गुमाए ।
अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको छ । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ रु. सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुंँजीगततर्फ रु. तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रु. दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ ।
फोहोर व्यवस्थापन अल्पविकसित राष्ट्रहरूको मुख्य समस्या हो । दिगो विकास लक्ष्यका कतिपय लक्ष्यको परिपूरकका रूपमा रहने फोहोर व्यवस्थापन वातावरणीय तथा मानवीय सुरक्षित आवासका अवरोधक हुन् भने मानव स्वास्थ्यको समेत खतरा हो ।