• २७ वैशाख २०८१, बिहिबार

परिवर्तनको बाटोमा नेपाली चलचित्र

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ १८ गते । पछिल्लो समयमा बनेका र बन्दै गरेका नेपाली चलचित्र हेर्दा लाग्छ नेपाली सिनेमा क्षेत्रमा विस्तारै गुणस्तरमा आएको सुधार र आर्थिक गतिविधिले गति लिन थालेको परिणाम यस क्षेत्रमा शुभसङ्केत देखिँदै छन् ।

अभिनय लगायतका कुनै विषयवस्तु पृथक् त कुनै प्रस्तुतिमा नयाँपन, कुनैमा रमणीय लोकेसन जस्ता विविध पक्ष अनि कुनै उच्च प्रवियधिका चलचित्र एकपछि अर्को दर्शकमाझ आइरहेका छन् त कतिपय निर्माणका क्रममा छन् । 

वरिष्ठ निर्देशक यादव खरेल पछिल्लो समय प्रदर्शनमा आएका र बन्दै गरेका केही चलचित्र हेर्दा नेपाली चलचित्र क्षेत्र परिवर्तन बाटोमा लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चलचित्रको प्रस्तुतीकरण र कथा भन्ने शैलीमा पृथक् प्रयोग भएको पाइन्छ ।” उहाँका अनुसार अपवाद छाडेर हेर्ने हो भने धेरै राम्रा चलचित्रहरू प्रदर्शन नभइरहेको बेला अब चाहिँ नेपाली चलचित्रबाट केही आशा गर्ने अवस्था देखिएकोे छ । 

नेपाली चलचित्र यो मोडमा आउनुमा निर्माता÷ निर्देशकको भूमिका बढी महìवपूर्ण मान्न सकिन्छ । यस्ता चलचित्रमा पुराना निर्देशकको उल्लेख्य उपस्थिति छैन । नयाँ शैली र सोचका साथ चलचित्रमा आएका निर्देशकहरू सुदर्शन थापा, रामबाबु गुरुङ, झरना थापा, सूर्य एन श्रेष्ठ, दीपेन्द्र के खनाल, सन्तोष सेनलगायतले नेपाली चलचत्रिमा नयाँ स्वाद तथा फरक शैली पस्कन खोजेको पाइन्छ । पुराना केही निर्देशकले परिष्कृत चलचित्र दिन खोजे पनि नवीन निर्देशकीय शैली दिन सकेका छैनन् ।

कुनै समय नेपाली चलचित्र जगत्मा चलचित्र चलाउनका निम्ति विषयवस्तु, मेकिङभन्दा पनि कलाकारहरूको अनुहारले नै चलचित्र चलाउने होड चलेको थियो । चलचित्रमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती वा रेखा थापालाई अभिनय गराएर उनीहरूको अनुहारको भरमा चलचित्र चलाउने काम पनि नभएको होइन । चलचित्र चलाउन राजेशको अनुहार चाहिन्छ वा रेखाको ग्ल्यामर चाहिन्छ भन्ने मान्यतालाई अहिलेका निर्देशक÷ निर्माताले उल्ट्याइदिएका छन् । 

अहिले उनीहरू कलाकारको अनुहार होइन चलचित्र राम्रो बनाउनुपर्छ भन्नेतिर होमिएका छन् । अहिले राजेश हमाल विराज भट्ट, रेखा थापा वा करिश्मा मान्नधरको ठाउँमा सौगात मल्ल, दयाहाङ राई, अनमोल केसी, प्रदीप खड्का स्वस्तिमा खड्का आँचल शर्मा जस्ता अभिनयमा अब्बल कलाकारहरू विक्न थालेका छन् । 

अहिले धेरैजसो नयाँ कलाकारहरूले सिनेमा क्षेत्रमा प्रभुत्व जमाउन थालेका छन् । हलिउड र बलिउडमा समेत राम्रो पहुँच भएको पारखी नेपाली दर्शकलाई अबका दिनमा जस्तो पायो त्यस्तै विषयवस्तु र अभिनय भएको झुरझार चलचित्रले लोभ्याउने अवस्था अब रहेन । हो, लगानीका हिसाबले नेपाली चलचित्रमा खासै धेरै गर्ने ठाउँ नहोला तर पनि दर्शकले छीः भन्ने खालको चलिचित्र अनुहारकै भरमा चलाउँछु भन्ने चाहिँ अब निर्माता–निर्देशकले नसोचे हुन्छ ।