अनुमति बिना नेपाल प्रवेश गरी विभिन्न स्थान पुगेर फर्किदै गर्दा भारतीय नम्बर प्लेटको कार रुपन्देहीको बेलहियाबाट बरामद गरिएको छ ।
कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलले सुखी र समृद्ध कर्जन्हा नगरपालिका निर्माणको लागि सबै दलसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
काठमाडौं, जेठ १७ गते । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्म 'आँखा'को घोषणा गरिएको छ । जोन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्ममा नेपाली समाजको एउटा पाटोलाई चित्रण गरिएको हो ।योञ्जनकै पटकथा रहने फिल्ममा निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीको अभिनय रहनेछ । आकोश शुक्लाले छायाङ्कन गर्ने फिल्ममा सङ्गीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाको हुनेछ । फिल्मले २०८० मा प्रदर्शनको लक्ष्य राखेको छ ।
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत नागरिक धुमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् । त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तिजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ ।
आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद रिजालले बजेटको मूल दिशा सही भएको बताउनुभएको हो ।
नेकपा (एमाले)का सांसद विष्णु पौडेलले मुलुकको व्यापार घाटा चुलिएको र नौ महिनामै १३ अर्ब नाघेको जानकारी दिनुभएको छ ।
तिलाचन पाण्डेतम्घास, जेठ १७ गते । गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले बुवाले देख्नुभएका सपनालाई पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको गत असार ३१ गते उपचारको क्रममा काठमाडौंमा निधन भएपछि अपूर्ण कामहरु नवनिर्वाचित थापाले पूरा गर्ने दाबी गर्नुभएको हो ।प्रत्येक नागरिकको घरमा एक घर एक धारा पिउने पानीलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका पाँच हजार दुई सय घरधुरीमध्ये तीन हजार घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।यस्तै, गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ मा वनको १२ रोपनी सार्वजनिक जग्गामा वातावरणीय परीक्षण गरी डिपीआर गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकामै क्याम्पस सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ राखेको अध्यक्ष थापाले बताउनुभयो । गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न आफूले प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरण गरी गाउँपालिका भित्रका नागरिकहरुलाई आत्मनिर्भर बनाउने गरी आफूले योजना बनाएको बताउनुहुँदै गाउँपालिका भित्रको जग्गालाई बाँझो नराख्ने गरी भूमि बैंकलाई प्रभावकारी बनाउने बताउनुभयो
सिराज खान नेपालगञ्ज, जेठ १७ गते । पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्ज, कोहलपुर र खजुरामा रहेका विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य उपचारमा दिनदिनै नयाँ नयाँ सेवा दिइरहेका छन् । पछिल्लो समयमा नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु गरेर जोर्नीसम्बन्धी रोगका विरामीका लागि महत्वपूर्ण उपचार शुरु गरिएको छ । पश्चिम नेपालका सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालले एकपछि अर्को विशिष्टीकृत सेवा थप्दै गएकोमा हाल आएर जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । यस क्षेत्रका बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेकाले भेरी अस्पतालमा सो सेवा शुरु गरिएपछि उक्त बाध्यताको पनि अन्त भएको छ । बाँके खजुरा गाउँपालिकाका ४५ वर्षीय हनुमान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन तथा पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले मंगलबार विहान ८ बजेदेखि १० बजेसम्म करिब दुई घण्टा लगाएर सो सफल शल्यक्रिया गरिएको बताउनुभयो । डा. थापाका अनुसार भेरी अस्पतालमा यसखालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा.ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेलगायतको टीम सो शल्यक्रियामा संलग्न रहेको भेरी अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा मङ्गलबार राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।
हरेक वर्ष सूर्तिजन्य सेवनबाट २७ हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।
सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरिएको हो ।
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धारटोलीले जनाएको छ ।