• १२ साउन २०८१, शनिबार

नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

blog

जिल्ला प्रशासन कार्यालय काठमाडौं ।

काठमाडौं, जेठ १७ गते । 'कबड्डी ४' फिल्मका अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुगुका लामालाई मङ्गलबार रिहा गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको हो ।

मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको हो । उहाँको मौखिक उजुरीपछि प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो । 

यस्तै, उक्त घटनापछि लामाको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।