गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।
दार्चुलामा शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध बनेको छ । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ
गोरखापत्र अनलाइनकाठमाडौंं, वैशाख १७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।
निर्वाचन आचारसंहिता विपरीत धनुषाको ढल्केबरस्थित सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा हटाइएको छ ।
सुर्खेतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । दुई दलबीच भएको सहमतिअनुसार काँग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
तिलाचन पाण्डेतम्घास, वैशाख १७ गते । जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको (नेकपा) एमाले धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा गोपाल कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी मनोनयन गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका लागि भुपाल पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका कुँवरले नेकमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमतिमा उम्मेदवारी फिर्ता लिइएको सचिव घिमिरेले बताउनुभयो । अब धुर्कोट गाउँपालिकामा (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार पोखरेल र नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार गिरी बन्ने घिमिरेले बताउनुभयो ।दुई उम्मेदवारबीचको सहमति अनुसार अध्यक्ष पदमा आ–आफना पार्टीका चुनाव चिन्हमा लड्नेछन् । (नेकपा) एमाले धुर्कोट गाउँपालिकाले गरेको सहमति अनुसार सबै वडाहरुका पदमा भने सूर्य चिन्हका उम्मेदवारहरु रहने घिमिरेको भनाइ छ । पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस नेकपा माओवादीबीच तालमेल गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी र एकीकृत समाजवादीबाट कमला सुनारले तालमेलबाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धुर्कोट गाउँपालिकामा काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका शिव खत्री निर्वाचित हुनुभएको थियो ।
काठमाडौं, वैशाख १७ गते । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे छ ।पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो । नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै, नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) भ्रमण गरेको थियो ।
भउचप्रसाद यादवकाठमाडौँ, वैशाख १७ गते । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्षमा बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ भने चौथो पटक म्याद थपको तयारी भइरहेको छ । तेस्रो पटकको म्याद गएको चैतमा सकिएको हो ।तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्द÷होम निर्माण (जेभी) सँग सम्झौता भएको थियो । १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।बारपाक भूकम्प स्मृति स्तम्भ योजनाका प्रमुख सुरोज पौडेलले स्तम्भको अहिलेसम्मको भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसैगरी, सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायतको संरचनाको काम सम्पन्न भई अहिले रङ्गरोगनको काम भइरहेको छ ।’’त्यसैगरी, निर्माणाधीन मण्डलाभित्रको डेकोरेसन, ट्रसहरुमा रङरोगनको साथै स्तम्भ निर्माण क्षेत्रमा विद्युत् र पानी आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र सो स्मृतिमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताउनुभयो ।भूकम्पबाट मुख्य रुपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको हो । खम्बामा मृतकहरूको नामसमेत समावेश गरिने छ । गृह मन्त्रालयबाट मृतकहरुको आधिकारिक नामको सूची माग गरिने प्रक्रिया अगाडि बढाइएको छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा स्तम्भ निर्माण भइरहेको छ ।भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने आयोजना प्रमुख पौडेलले जानकारी दिनुभयो । पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ । यस स्तम्भको डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो ।
राजु लामिछानेरुकुम पश्चिम, वैशाख १७ गते । रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनको लागि मनोनयन फिर्ता लिने क्रममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।त्यसैगरी आठबिसकोट नगरपालिका वडा नम्वर २ को दलित महिला सदस्यमा जुन कुमारी बिक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै आठबिसकोट नगरपालिका वडा नम्वर ८ का शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्य पदका लागि उहाँको मात्र उम्मेदवारी दाखिला भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । एक जनाको मात्र मनोनयन पत्र पत्र दाखिला भएकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । तीनै जना महिला सदस्यहरु नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको हो ।स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह स्मृति १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जित्नुभएको छ । वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ पार्कीले निर्धारित दूरी ३१ मिनेट ११.४ सकेन्डमा पार गर्नुभयो
बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग सं, बाँके गठन गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’काे सुरक्षा गोष्ठीमा उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली काँग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो ।