• ७ वैशाख २०८१, शुक्रबार

बादी समुदायवाट पहिलो कार्यपालिका सदस्य

blog

नगर कार्यपालिका सदस्यमा नवनिर्वाचित डोटे बादी । तस्बिर.सहदेव बस्नेत

जाजरकोट, जेठ १७ गते । जिल्लाको भेरी नगरपालिका वार्ड नं. १ रावतगाउँका डोटे बादी नगरकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । बादी समुदायबाट पहलिो पटक स्थानीय तह सरकारमा सहभागिता जनाउन पाएको भन्दै यहाँका वादीबस्ती निकै हर्षित भएका छन ।

नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठवन्धनको तर्फवाट नेपाली काँग्रेसले उहाँलाई अल्पसंख्यक पुरुषवाट उम्मेदवार वनाएको थियो त्यसपछि उहाँ निर्वाचित हुनु भएको थियो । स्थानीय बादी अगुवा तीले बादी आफ्नो जातीवाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले आफूहरुका सवाल उठाउनेमा आसावादी रहेको बताउनुभयो । 

आफूहरुको पुर्खेउली पेशा मादल व्यवसायलाई उत्थान गर्न आवाज उठाउनेमा आसावादी भएको  तिले वताउनु हुन्छ । बादी समुदायका लागि परीवारको आधारभुत आवस्यकता र छोराछोरीको शिक्षा प्रदान गराउनका लागि लागि पर्ने बताउनु भयो । 

बादी समुदायले परम्परादेखि अपनाउँदै आएको सुल्पा वनाउने र मादल वनाउने पेशालाई परिमार्जन गरी विस्तार गर्ने योजना राखेको बताउनु भयो । 

Author

सहदेव बस्नेत