स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका थियो ।
“सत्यको बाटो हिँड्नु फाइदाजनक छ किनकि त्यहाँ भीडभाड कम हुन्छ,” भगवान् गौतमबुद्धको यो विचारमा पक्कै एउटा शक्ति लुकेको छ । सायद बुद्धको आशय भीडभन्दा टाडा बस्नु, चिन्तन मनन गर्नु, साधना गर्नु, आपैmँलाई चिन्ने प्रयत्न गर्नु आदि हुनसक्छ । मानिसका साधना गर्ने आआफ्नै तौरतरिका र स्थान हुन सक्छन् । रङ्गमञ्च पनि यस्तै साधनास्थल हो, जहाँ वर्षौंदेखि दत्तचित्त भएर साधना गर्ने रङ्गकर्मी भेटिन्छन् । विगत वर्षमा कोरोना महामारीले थलिएको रङ्गमञ्चमा उत्साहका सङ्केत देखिन थालेका छन् । रङ्गकर्ममा धेरै चुनौती छन्, बाधा–व्यवधान छन् । यसका अलावा केही जुझारु रङ्गकर्मीको त्याग, बलिदान र साधनाले रङ्गमञ्चमा बिहानीका किरण देखा परेका छन् ।
कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । प्रायःजसो घरमा चार÷पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन पुनरुत्थानका लागि स्वदेशी र विदेशी हवाई यात्रुका लागि समान भाडादर कायम हुनुपर्ने बताउनुभएको छ ।
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि, एथलेटिक्स, कराते र बक्सिङ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।
थारू जातिले बसोबास गर्ने घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिब १३ वर्ष पहिले स्थापना भएको सिसहनिया नमुना थारूग्राम अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावसँगै नमुना थारूग्राम सञ्चालनका लागि नयाँ पुस्तामा
स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धनका विषयमा अन्योल भइरहेको समयमा गठबन्धनमा रहेका राजनीतिक दलले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् ।
काठमाडौँका सडकबाट फोहोर उठ्न फेरि छोडेको छ । वैशाख ११ गतेदेखि काठमाडौँ महानगरका सडकमा थुप्रिएका फोहोर उठाउन सकिएको छैन । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई दण्ड जरिवाना भनेर सूचना टाँसिएका सीसीटीभी जडित स्थानमै फोहोर थुप्रिन थालेको छ । चार दिनयता महानगरपालिकाका मुख्य सडक किनारमा फोहोरका डङ्गुर यसै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज (शनिबार) खेल्दैछ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ ।
काठमाडौं, वैशाख १७ गते । निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमार्गमा रातको समयमा देखिने दृश्य । तस्बिर : रासससडक सुन्दरताः दाङको जिल्ला समन्वय समितिको द्वारमा फुलेको फूलले बटुवाको मनै लोभ्याउनुका साथै सडकका सौन्दर्यता बढेकाे छ । तस्बिर : राससघरमा आगलागीपछि जलेको खाद्यान्न सङ्कलन गर्दै कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरका स्थानीयबासी । शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि केही बचेको खाद्यान्न उहाँले सङ्कलन गर्नुभएको हो । तस्बिरः रासस सञ्चालनमा आयो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसँगै नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । जेठ २ गते देखि नियमती रुपमा व्यसायिक उडान सुरु हुने भएको छ । तस्बिर : राससहुम्लामा निर्वाचन सामाग्री : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमान मार्फत बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्र सहित ५८ प्रकारका निर्वाचन सामाग्री । तस्बिर : रासस निर्माण हुँदै गरेको पुल : दाङको दंगीशरण गाउँपालिका–३ स्थित बागरखोलामा निर्माण हुँदै गरेको पुल । तस्बिर : राससगस्ती गर्दै म्यादी प्रहरी : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै । तस्बिर : रासस पुर्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ । तस्बिर : राससकाठमाडौं उपत्यका र सुन्धरा क्षेत्रमा फुलेको मौसमी फूल । फुलेका मौसमी फूलले सहरलाई मनमोहक बनाएको छ । तस्बिर : केशव गुरुङ
सत्ता गठबन्धनको उम्मेदवारका विरुद्धमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले निर्वाचन कार्यालयबाट तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिनुभएन ।
सरकारले छिट्टै विज्ञापन बोर्डमार्फत विज्ञापन आचारसंहिता ल्याउन लागेको छ । विज्ञापन बोर्डद्वारा शुक्रबारदेखि राजधानीमा आयोजित विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले विज्ञापन व्यवसायमा देखा परेका समस्या समाधान गर्दै यसलाई थप स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन विज्ञापन बोर्ड स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
नेपाल विविधतायुक्त मुलुक हो । यहाँ १२५ जातजाति र १२३ मातृभाषा बोल्ने समुदाय रहेका छन् । लामो समयसम्म अभ्यास गरिएको एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाले यी विविध समुदायका सरोकारलाई सम्बोधन गर्न सकेन ।
आमा जगत्कै परम पवित्र शब्द हो । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो– आमा । आमा जननी, धरतीजस्ता पर्यायवाची शब्द हुँदाहुँदै पनि शब्दकोशमा यसको परिभाषा एउटै छ । आमा आफैँमा निर्मल निस्वार्थ माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन् । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन् । आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन् । आमा भवसागर हुन्, जसको गहिराइ नाप्न कठिन छ ।