गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १६ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ ।ओम साई भक्त मुभी प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।चलचित्रमा निर्देशक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको सङ्गीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहिबार राती तोडफोड भएको छ ।
चालू आर्थिक वर्षको बाँकी तीन महिना सामान्य रहे मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । बिहीबार चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गर्दै विभागले उक्त आर्थिक वृद्धिदर हासिल हुन सक्ने जानकारी दिएको हो ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले चलचित्र क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीले धरापमा परेको चलचित्र क्षेत्र दुई दिन बिदा दिने निर्णयले चलचित्रकर्मी खुसी भएका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरूको माग पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । “चलचित्र हेर्ने समय भनेको बिदाको दिनमा हो । हप्तामा एक दिन बिदामा मानिसले के मात्र गरोस् तर दुई दिन बिदा भएपछि एक दिन त मनोरञ्जनलाई छुट्याउँछ । चलचित्र हेर्न समय प्राप्त होस् भनेर चलचित्र प्रदर्शनी कुनै बिदा वा पर्वलाई लक्षित गर्ने गर्छौं । निर्णय स्वागतयोग्य छ,” अधिकारी थप्नुभयो, “पटक–पटक सरकारलाई दबाब दिएका थियौँ ।”
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएका छन् ।
सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानमा ढिलाइ भएको छ । अघिल्ला वर्षहरूको प्रचलन र बजेट पूर्वछलफलको आवश्यकताका आधारमा अहिले अधिवेशन आह्वान भइसक्नुपर्ने थियो ।गत वर्ष भने विश्वासको मत लिन प्रधानमन्त्री असफल भएपछि सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभा विघटन गरी अध्यादेशमार्फत ल्याएको थियो ।
अलेक्जेन्डर ग्रेटको जब इसापूर्व ३२३ मा मृत्यु भयो । छ दिनसम्म उनको शरीर सड्न लागेको कुनै सङ्केत देखिएन । ऐतिहासिक तथ्यहरूका अनुसार यसै कारणले अलेक्जेन्डरको मृत्युको कारण अभैmसम्म रहस्यमै छ ।
१. नेपालको संवैधानिक व्यवस्था कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय क्षेत्र तथा व्यापारका क्षेत्रमा कस्तो नीति समायोजन गर्नुपर्ला ? सुझाव दिनुहोस् । नेपालको संविधानले सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागिता एवं स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्ने नीति लिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउने, यस क्षेत्रमा निजी क्षेत्रको लगानी नियमन गरी सेवामूलक बनाउने व्यवस्था छ । व्यापारका क्षेत्रमा हुने कालो बजारी, एकाधिकार, कृत्रिम अभाव अन्त्यका लागि नियमन गरी स्वच्छ प्रतिस्पर्धा कायम गर्ने व्यवस्था छ । यी र यस्तै व्यवस्था कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वित्तीय क्षेत्र तथा व्यापारका क्षेत्रमा देहायबमोजिमको नीति समायोजन गर्नुपर्ने देखिन्छ ः
राष्ट्रिय–सन्दर्भ १. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ? वि.सं. २०४७ चैत ४ देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित यो संस्थाले वि.सं. २०४८ माघ १ गतेदेखि कारोबार सुरु गरेको । कोषले सर्वसाधारण, विभिन्न सङ्गठित सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठित सङ्घ–संस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत सङ्कलन गरी त्यसरी सङ्कलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको ।
कपिल ज्ञवाली सिद्धार्थनगर, बैसाख १६ गते । भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले गोरखापत्रलाई जानकारी दिनुभयो । पोजेटिभ केस चैत्र ५ देखि देखिएको थिएन, आज देखियो सर्तक हुन आवश्यक छ, उहाँले भन्नुभयो । झण्डै डेढ महिनापछि पोजेटिभ केश भेटिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।
विश्वास रेग्मी आयातित शब्दहरूको अधिक प्रयोगका कारण नेपाली भाषाले मौलिकता जोगाउने सङ्घर्ष गरिरहनुपरेको छ । अर्कोतिर, नेपाली भाषाकै अशुद्ध प्रयोगका कारण यसको मूल संरचना नै बिग्रने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त भइरहन्छ । खासगरी पछिल्लो पुस्ता लेख्य नेपाली भाषाप्रति त्यति गम्भीर भएको पाइँदैन ।नेपाली भाषाको व्याकरणीय नियमको पालना नयाँ पुस्ताका लागि कठिनजस्तै देखिन्छ । त्यसमाथि कतिपय शब्दका अर्थकै जानकारी नहुँदा अर्को समस्या सिर्जना गरिदिएको हुन्छ । नेपाली भाषाको व्यावहारिक प्रयोगमा देखिएका पछिल्ला यस्तै समस्यालाई समूल समाधान गर्ने उद्देश्यसहित युवा इन्जिनियरको समूहले एउटा सहज विकल्प निकालिदिएको छ, हिज्जे डटकम ।नेपाली भाषासँग सम्बन्धित धेरै कम एकीकृत सुविधामध्येको एक हो यो । इन्टरनेटको प्रयोगमार्फत संसारभर जसले पनि प्रयोग गर्न सक्ने गरी तयार गरिएको हिज्जे डटकम पछिल्लो समय आफैँलाई सुधार्दै अघि बढिरहेको छ ।भाषाको मायाहिज्जे डटकम सुरु गर्नुअघि यसका संस्थापक विरोध रिजालको व्यक्तिगत भावनाले बढी काम गरेको छ । पेसाले कम्प्युटर इन्जिनियर रिजाल आफ्ना एक जना गुरुको पे्ररणाबाट यसको सुरुवात गरेको सम्झन्छन् । नेपाली भाषा संरक्षण गर्नुपर्छ भन्ने गुरुको चिन्तालाई समाधान गर्ने उद्देश्यसहित हिज्जे डटकम सुरुवात गरिएको रिजालको भनाइ छ । उनका लागि यो नितान्त समाजसेवा हो । यसबाट कमाउने उद्देश्य नराखिएको उनी स्पष्ट पार्छन् । त्यसैले यसमा आफैले सक्दो सानो सानो लगानी गर्दै निरन्तरता दिइराख्ने उनको योजना छ । त्यसो त सुरुवाती दिनमा हिज्जे डटकम तयार गर्न उनले केही ठाउँमा लगानीका लागि सङ्घर्ष गर्नु नपरेको होइन । अपेक्षाअनुसारको लगानी नआए पनि सामान्य लगानी जोडजाड गर्दै यहाँसम्म आइपुगेको छ, यो । भाषाका लागि सम्बन्धित क्षेत्रका विज्ञ संलग्न गराउनेदेखि ब्याकइन्ड तयार गर्न प्राविधिक जनशक्ति उपयोगमा त्यस्तो लगानी उपयोग गरिएको उनले जानकारी दिएका छन् ।धेरै सुविधा एकै ठाउँमाहिज्जे डटकममा नेपाली भाषासँग सम्बन्धित धेरै सुविधा प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण सुविधा हिज्जेको परीक्षण नै हो । जसमा वाक्यको गठन, ह्रस्व–दीर्घ परीक्षणदेखि अन्य भाषागत त्रुटि हेर्न सकिन्छ, अनि हिज्जेले नै आफैँ त्यसलाई सच्याइदिन्छ । सञ्चारमाध्यमको डेस्कमा काम गर्नेदेखि नेपाली भाषासँग सम्बन्धित काम गर्नेका लागि यो निकै उपयोगी सुविधा पनि हो । हाललाई युनिकोडमा लेखिएका शब्दको मात्र परीक्षण गर्ने सुविधा रहेको संस्थापक रिजालले जानकारी दिएका छन् ।यससँगै एकैठाउँमा नेपाली भाषा ‘टाइप’ गर्नेदेखि र प्रिती ‘फन्ट’लाई नेपालीसँग सम्बन्धित एक दर्जन फन्टमा रूपान्तरण गर्ने सुविधा यसमा उपलब्ध छ । हाल युनिकोडदेखि आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पीसीयस फन्टमा टाइप गर्न सकिन्छ ।त्यस्तै नेपाली शब्दकोष पनि यसमै उपलब्ध छ, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको शब्द राखेर त्यसको सहजै अर्थ खोज्न सक्छन् । शब्को अर्थ र भाषाको व्याकरणीय नियम स्थापित गर्न हिज्जेले नेपाली भाषाका विज्ञहरूलाई उपयोग गरेको छ । भाषासम्म सकेसम्म त्रुटि नहोस् भन्ने उद्देश्यका लागि एक रूपता ल्याउने प्रयत्न गरिएको रिजालले बताएका छन् ।निःशुल्क खाताहिज्जे डटकम प्रयोग गर्न कुनै शुल्क लाग्दैन, अर्थात् यो निःशुल्क सेवा हो । ‘ब्राउजर’मा हिज्जे डटकम(https://hijje.com/#/) टाइप गरेर सहजै यसको प्रयोग गर्न सकिन्छ । व्यक्तिगत खाता खोलेर यसमा रहेका धेरै सुविधा प्रयोग गर्न सकिन्छ । सहजै खाता खोल्न सक्ने व्यवस्था यसमा गरिएको छ । खाता नै नखोलिकन पनि हिज्जे परीक्षण, शब्दकोष, फन्ट रूपान्तरणलगायतका सेवा उपयोग गर्न सकिन्छ ।आवाजलाई शब्दमाहिज्जे डटकमले पछिल्लो समय नेपालीमा बोलेको आवाजलाई शब्दमा उतार्ने सुविधा पनि ल्याएको छ । जहाँ प्रयोगकर्ताले आफूले बोलेको आवाज ‘अपलोड’ गरेर त्यसलाई लिखित शब्दमा उतार्न सक्छन् । यसमै पनि रेकर्ड गर्ने सुविधा राखिएको छ, जसमा सिधै रेकर्ड गरेर शब्दमा रूपान्तरण गर्न सकिन्छ । तत्कालका लागि एक पटकमा ३० सेकेन्डको आवाजलाई मात्र शब्दमा रूपान्तरण गर्ने सुविधा रहेको छ । भविष्यमा यो समयलाई अझ बढाएर एकैपटक लामो रेकर्डलाई पनि सहजै शब्दमा उतार्ने सुविधा ल्याउने योजना रिजालको छ ।झन् एकीकृतहिज्जे डटकममा उपलब्ध भाषासम्बन्धी सुविधालाई झन् एकीकृत गर्दै लैजाने योजना बनाइएको छ । अहिले लिखित भाषा र आवाजलाई शब्दमा रूपान्तरण गर्ने काम छुट्टाछुट्टै हुँदै आएको छ । यो भिन्न प्रकृतिको सुविधालाई एकीकृत गरेर आवाज र लिखित शब्द एकैपटक परीक्षण गर्ने सुविधा ल्याउने योजनामा हिज्जे डटकम छ । जसमा आवाजबाटै त्यसलाई शब्दमा उतार्ने, त्यसको हिज्जे परीक्षण गर्ने, फन्ट परिवर्तन गर्न सक्ने र शब्दको अर्थसमेत हेर्न सकिने गरी एकीकृत सुविधा ल्याउने सोचाइमा छन् रिजाल ।यसबाट नेपाली भाषासँग सम्बन्धित धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ । त्यस्तै आवाज सुन्दै त्यसलाई पुनः उतार्नका लागि लाग्ने समय यसबाट बचत हुने छ ।भाषाको विषय जहिले पनि यसको शुद्धताबाट परीक्षण हुन्छ । निजी क्षेत्रबाट भएको यस्तो प्रयासको शुद्धता र विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्छन् । यस्तो प्रश्न हिज्जे डटकमलाई नसोधिएको होइन । संस्थापक रिजाल शतप्रतिशत पूर्णता केही पनि नहुने र त्यसैले गर्दा सुधार गर्दै लैजाने बाटो बाँकी रहने बुझाइ राख्छन् ।
स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट आएको द्वेषपूर्ण अभिव्यक्तिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक अर्काप्रति लाञ्छना लगाउने र चरित्रहत्या गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो ।
पूर्वाधार विकासको प्रक्रियामा जग्गा प्राप्ति, पुनर्वास, तथा पुनस्र्थापनासम्बन्धी एकीकृत नीति नहुँदा विकास निर्माणका आयोजनाका लागि जग्गा प्राप्त गर्न अनेक व्यवधान खडा भइरहेका छन् । आयोजना प्रभावित समुदाय तथा परिवारको जीविकोपार्जन र पुनस्र्थापनासम्बन्धी कार्य ढिलो हुने, आयोजनाको लागत बढ्ने र अनुमानित समयमा आयोजना पूरा हुन नसक्ने समस्या निरन्तर आइरहेका छन् । कैयौँ विकासका पूर्वाधार अनन्तकालसम्म लम्बिँदा राज्य तथा समाजलाई परेको अकल्पनीय घाटा र सीमित जमिनको बहुआयामिक उपयोगको महìवलाई राज्यले खासै ध्यान दिन सकेको देखिँदैन ।