• ३ असार २०८१, सोमबार

२४ घण्टामा नौ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, जेठ १५ गते । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई  हजार ३३६ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ९९० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित ११० छन् ।

त्यस्तै, पछिल्लो २४ जनामा ५१ हजार ६९१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।