• ८ जेठ २०८१, मङ्गलबार

वर्खा सुरुभएसँगै त्रसित हुँदै बाढीपहिरो जोखिम बस्तीका स्थानीय

blog

लामो समयदेखि पहिरोको जोखिममा रहेको खप्तड छेडेदहको गुइबन बस्ती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, जेठ १५ गते ।
वर्खा सुरुभएसँगै बाजुराका अधिकांश स्थानीय तहमा बाढीपहिरो जोखिमका बस्तीका स्थानीय निकै त्रसित बन्दै गएका छन् ।

विसं. २०७८ सालको जेठ, असार, साउन र भदौमा पटक–पटक आएको बाढीपहिरोले बाजुराको नौ वटा स्थानीय तहमा मानवीय तथा जनजनको क्षति भएको थियो ।

बाढीपहिरो बस्तीका स्थानीयहरुलाई अहिलेसम्म कुनै निकायले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकेको छैन ।

उनीहरुले स्थानीय, प्रदेश, सङ्घीय सरकारसँग सुरक्षित ठाउँमा बस्नका लागि स्थानान्तरणको माग गर्दै आएको भएपनि अहिलेसम्म कुनै ठाउँबाट उनीहरुको माग पूरा हुन सकेको छैन ।

बाजुराको बूढीनन्दा, त्रिवेणी गौमुल, बडिमालिका, बूढीगङ्गा खप्तड छेडेदह गाउँपालिकाका अधिकाङ्श घरपरिवार बाढीपहिरोले भत्काएको घरमा नै बास गरिहरेका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती त यो वर्ष सुक्खा पहिरोको समेत उच्च जोखिममा परेको थियो ।

२०७८ सालको माघ महिनाको पहिलो सातादेखि बस्तीमाथिबाट लगातार सुक्खा पहिरो गएपछि सो बस्ती जोखिममा परेको थियो ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको गुइबन बस्ती पनि लामो समयसम्म पहिरोको निकै जोखिममा रहँदै आएको छ ।

२०५६ सालदेखि सो बस्तीको झण्डै सयौं भन्दाबढी परिवार पहिरोको जोखिममा बस्दै आएका छन् ।

‘‘यहाँ पहिले झण्डै दुई सय घरपरिवार थिए । जब गुइबनबाट पहिरो लाग्न सुरु भयो, त्यो पहिरोले कती घर बगायो, कतीको जमिन बगायो, अनी बिस्तारै ती घरपरिवार यहाँबाट विस्थापित भए ।’’ भुले गुइकनका स्थानी सुन्तला रावतले बताउनुभयो ।

‘‘हामी भने अहिलेसम्म कतै गएका छैनौ । कही कतै ठाउँमा हाम्रो पहुँच छैन । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौं भने पैसा छैन । कुनै विकल्प नभएपछि त्रासमय जीवन जीउन बाध्य हुनु परेको छ ।’’ रावतले बताउनुभयो ।

यती बेला पनि गाउँ पछाडीबाट फेरि पहिरो बग्न सुरु भएपछि गत वर्खा झै घर छोडेर अन्य सुरक्षित स्थानमा जान बाध्यता भएको गुइबनका स्थानीय पदम रावतले बताउनुभयो ।

यस्तै, खप्तड छेडेदहको ५ को पारतोला, डोगडी, गुइबन, टम्टानालगायतका दर्जनौ बस्तीका स्थानीय वर्खाको समयमा बाढीपहिरोको निकै जोखिममा रहेको स्थानीय बताउछन् ।

यस्तै, बूढीगङ्गा नगरपालिका बजेडी, निमनी, ताँप्रीसेरा र अम्कोट बस्ती पनि पहिरोको जोखिममा छन् ।

त्यहाँका स्थानीयहरु गत वर्षको वर्खामा गाउँमाथिको बनमा त्रिपाल टाँगेर बास गर्दै आएका थिए ।

वर्षात् सुरु भएसँगै फेरि पहिले जस्तै गाउँमा पहिरो जाने डर भएको बूढीगङ्गा नगरपालिका –१ अम्कोटका दरिभाने नेपालीले बताउनुभयोे ।

तट्बन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई अन्य ठाउँमा स्तान्तरण गर्नु बाहेक अन्य केहि  बिकल्प नरहेको नेपालीको भनाइ छ ।