लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ १५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।
शुक्रबार बिहान करिब ८ बजे वडा नं. २३ स्थित बेलाकुट्टी नजिक गुठीको जमिनमा भइरहेको निर्माण कार्य रोक्न स्थानीय पुगेपछि सोही वडाका अध्यक्ष राघवेन्द्र प्रसाद साहले अतिक्रमित जग्गामा निर्माण गरिएका भवन सूचना जारी गरी चाँडै खाली गराइने बताउनुभएको हो । त्यहाँ उपस्थित स्थानीयलाई नआत्तिनुस् अब वडा नं. २३ को जमिन कसैले अतिक्रमण गर्दैन र अतिक्रमित भएका जमिन पनि सूचना जारी गरी खाली गराइने उहाँले बताउनुभयो ।
सोही दिन अतिक्रमण भएका जमिन खाली गराउन मौखिक रुपमा सूचना दिन जाँदा अतिक्रमणकारीकोे ढुङ्गा प्रहारले सोही वडाका अब्दुल सतारको टाउकोमा चोट समेत लागेको छ ।
स्तन्त्रबाट निर्वाचित हुनुभएका अध्यक्ष साहले विगतका दिनमा अतिक्रमण भएका जग्गा खाली गाराई अतिक्रमण वडा नं. २३ लाई अतिक्रमण मुक्त बनाउने भन्नुभयो । जनसङ्ख्याको चाप बढ्दै जाँदा बस्तीहरुको चाप पनि बढेको हुँदा वडाका बालकालिकाका लागि खेल्ने स्थान चिल्ड्रन पार्कको निर्माण गर्ने बताउनुभयो । उहाँले अब उपरान्त वडा परिसरमा गैरकानुनी र स्थानीयको इच्छा विपरीत कुनै पनि भौतिक संरचना निर्माण नहुने बताउनुभयो ।
विगतका दिनमा अतिक्रमण मुक्त बनाउन गरेका पहलहरु बारे जानकारी लिन अध्यक्ष साहले आफुले पदस्थापन गरेकै दिन ताकेता सम्बन्धमा नेपाल सरकार गृहमन्त्रालय सिंहदरबार काठमाडौ, जिल्ला प्रशासन कार्यालय धनुषा, केन्द्रीय गुठी संस्थान कार्यालय काठमाडौं र जनकपुरधाम र मुख्यमन्त्री कार्यालय मधेश प्रदेशलाई पत्र समेत काट्नु भएको छ ।
यस्तै, सोही स्थानमा भारतीय नागरिक जनकपुरधाममा व्यापार गरि बस्नु भएका जितुप्रसाद गुप्ताले निर्माण गर्न लागिएको भवन स्थानीयले गैर कानुनी रुपमा निर्माण गरिएको भन्दै भत्काएका छन् । भारतीय नागरिक गुप्ताका अनुसार,‘‘आफू डेरामा बस्दै आएको भए पनि स्थानीय सन्तोषकुमार साह नामक व्यक्तिले आफूलाई त्यहाँ घर बनाएर बस्नुस् केही हुँदन भन्दै एक लाख नगद रुपियाँ समेत लिएको थियो ।’’सो घरमा उहाँले आठ लाख बराबरको लगानी समेत गरेको बताउनुभयो । सो भवन रातारात निर्माण गरिएको स्थानीयको भनाइ छ ।
सोही वडाका अर्का स्थानीय नसिन राइनका अनुसार विगतमा अतिक्रमण भइरहको बेला पनि यहाँका स्थानीयले रोकछेक गर्दा पनि जनप्रतिनिधिकै मिलेमतोमा भौतिक निर्माण कार्य भएको थियो तर, अब कानुनी प्रक्रियाबाट अतिक्रमण मुक्त बनाउन जनप्रतिनिधिलाई साथ दिन तयार रहेको स्थानीय नसिन राइनले आफ्नो विचार समेत व्यक्त गर्नुभयो ।
बेलाकुट्टीको जमिन अतिक्रमण हुँदा विगतमा पनि रोक्न खोजिएको हो तर विगतका जनप्रतिनिधिहरुले चाँसो नदेखाउँदा अझै अतिक्रमण हुँदै गएको सोही वडाका पेशाले प्राध्यापक रमेशकुमार साहले बताउनुभयो । अतिक्रमण मुक्त बनाई सो जमिनमा अस्पताल, खेलमैदान वा जनताको आवश्यकता अनुरुप त्यस जमिनलाई उपयोग गर्नुपर्ने समेत भन्नुभयो ।
बेलाकुट्टीको करिब १७ बिघा जग्गामा अधाजति अतिक्रमण भएको स्थानीय बताउँछन् ।
वडा नं. २३ का जनप्रतिनिधिले निस्वार्थ भावका साथ काम गर्ने अपेक्षा समेत स्थानीयले गरेका छन् ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                