काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे । उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष मातीतीर्थ औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो ।
युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १७ गते । अनौपचारिक क्षेत्रका श्रमिक महिलाले समान कामका लागि समान ज्याला पाउनुपर्ने आवाज उठाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्त रुपमा आयोजित विचार गोष्ठीमा उहाँहरुले सो आवाज उठाउनुभएको हो । अनौपचारिक क्षेत्रमा कार्यरत् ८ जना महिला श्रमिकले सरकारी निकायका अधिकारी, श्रम संगठन तथा नीजि क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र संघर्षका कथा सुनाउनुभएको थियो । पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिक महिलाले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शंकरापुर–८ की कृषि मजदूर शर्मिला तामाङ, शंखमूलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरी लगायतका महिला श्रमिकहरुले आफ्ना संघर्षका कथा सुनाउनुभयो ।कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने बाचा गर्दै अरु श्रमिक महिलालाई पनि समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गर्नुभयो । “समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौं,” उहाँले भन्नुभयो । संविधान तथा कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरेपनि व्यवहारमा विभेद कायम रहेको गुनासो महिलाहरुले गर्नुभयो । संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयकी लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैंगिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्ति आफै अघि बढ्नुपर्ने बताउनुभयो ।सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत् श्रमिकका लागि पनि स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा योजनाहरु लागु गर्न लागेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकहरुको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागु गर्न लागिएको श्रमिकहरुबीच ज्ञवालीले जानकारी दिनुभयो ।त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैंगिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे प्रकाश पार्नुभयएको थियो । होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले संविधान, कानुन र सो अन्तर्गतका योजनाहरुले औपचारिक क्षेत्रलाई मात्र समेटेका कारण अनौपचारिक क्षेत्रमा कार्यरत् झण्डै ९२ प्रतिशत श्रमिकहरु श्रम कानून, नीति र सामाजिक सुरक्षा लगायतका योजनाबाट बन्चित हुनुपरेको बताउनुभयो । एनटीयूसीका उपमहासचिव राजेश पालिखे, एक्सन एडकी महिला अधिकार विशेषज्ञ निशा कार्की, राष्ट्रिय महिला अधिकार मञ्चकी कोषाध्यक्ष सरिता घिमिरे, जिफन्टमा आबद्ध गृहश्रमिक युनियनका अध्यक्ष चन्द्रसागर लामाले पनि श्रमिक महिलाको समान ज्याला र सम्मानको विषयमा चर्चा गर्नुभयो ।
दीपकप्रसाद गौतम वीरगञ्ज, वैशाख १७ गते । विद्युत सर्ट भएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर हस्पिटलमा शुक्रबार राति ९ बजे आगलागी हुँदा करोडौंको क्षति भएको छ ।शुक्रबार राति ९ बजे हावाहुरीसँगै पानी परिरहेको बेला चट्याङ परिरहेको अवस्थामा चट्याङका कारण अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अस्पतालका सञ्चालक डा. अबुल हैयश अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसिन छ वटा, भेन्टिलेटर दुई वटा, कार्डियेक मोनिटर छ वटा र छ बेड वटा जलेर नष्ट भएको र आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । अस्पतालको तेस्राे तलामा रहेको डायलोसिस शाखामा विद्युत सर्ट भएर भएको आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रको मद्दतले सशस्त्र प्रहरी, नेपाल प्रहरी र अग्नि नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो । गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार
कोभिड–१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
शिवराज ढुंगाना अछाम, वैशाख १७ गते । मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ । खाना खाएर शुक्रबार बेलुकf परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले पुष्टि गरेको छ । शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन् ।रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिनुभयो ! `तीन जना बेहोस् छन्, उपचारका लागि लिन हामीले गाडी मगाएका छौँ ।´ वडा अध्यक्ष रावलले भन्नुभयो ।
नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले नेपाल–भारत साहित्य र पर्यटन प्रवद्र्धन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
शुक्रबार राति चिचिला गाउँपालिकाको विभिन्न स्थानमा परेको असिनाले घरको छानोमा क्षति पुर्याएको छ । साे असिनाका कारण बालीनाली नष्ट हुनुकाे साथै चौपाया समेत मारिएका छन्।
नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण विराटनगरको पोखरीया माध्यमिक विद्यालय बनेको छ ।
सामाजिक सञ्जालका कारण निर्वाचनको प्रचार शैली फेरिएको छ । अघिल्लो निर्वाचनसम्म झन्डा, फ्लेक्स प्रिन्ट, पोस्टर, भित्ते लेखन आदि प्रचार सामग्रीको बजार राम्रै थियो । निर्वाचनका बेला प्रचार सामग्री तयार गरिदिने व्यवसायीलाई भ्याइनभ्याई हुन्थ्यो ।
स्वदेशमा रोजगारी केही छैन भनेर विदेश जान मरिहत्ते गर्नेका लागि ज्ञानबहादुर बिसुराल गतिलो उदाहरण हुनुहुन्छ । करिब १३ वर्षको रोजगारीपछि व्यवसायमा आउनुभएका बिसुराल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा परिचित नाम हो । विद्यालय तहमा पढ्दादेखि नै अरूको कुखुराको चल्ला उत्पादन फार्ममा काम गरेर सिकेको सीपबाट बिसुराल यो स्थानमा पुग्नु भएको हो । बिसुराल यो स्थानमा सजिलै कहाँ पुग्नुभएको हो र ! निरन्तरता र धर्यताले मात्र उहाँ यस क्षेत्रको अब्बल उद्यमी बन्न सफल हुनुभएको हो । पुख्र्यौली पेसा कृषि भए पनि युवा उमेरदेखि नै बिसुराल उद्योगतर्फ आकर्षित हुनुभयो । विशेषगरी १३ वर्षको जागिरे जीवनको अनुभव पनि उद्योगका लागि सहयोगी भएको महसुस उहाँले गर्नुभएको छ । चितवनमा रहेको शिखर पोल्ट्री विल्डिङ प्रालि नामको कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग मात्र होइन, उहाँको कुखुराको दाना उद्योग पनि छ । उहाँले भन्नुभयो, ‘‘जागिर खाँदा मेरा लागि मात्रै हुन्थ्यो, व्यवसायले धेरैका लागि रोजगारी दिएको छ ।’’