काठमाडौं, जेठ १६ गते । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्व ९३ अर्व ८३ करोड रुपियाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । 
चालु आर्थिक वर्षमा १६ खर्व ३३ अर्व रुपियाँको बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्व ४७ अर्व ५१ करोड रुपियाँको बनाईएको भन्दै चेम्बरले बजेट यथार्तमा आधारित हुन नसकेको बताएको हो ।
ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाई हुने चेम्बरले जनाएको छ । बजारमा तरलता समस्या अझै सम्वोधन हुन नसकेको, पूँजिगत खर्च हुन नसकेको तथा मुल्यवृद्धिका कारण लक्ष्य भेट्न कठिनाई हुने चेम्बरेको ठहर छ ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बाँझो जमिनको उपयोग, कृषि एम्बुलेन्सलाई प्राथमिकतामा राखेर बजेट आउनु सकारात्मक भएको चेम्बरले जनाएको छ । कृषिलाई प्रवद्र्धन गर्न ५ खरवको कृषि लघुबित्त कोषको स्थापना गर्नुलाई चेम्बरले स्वागत गरेको छ ।
चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘स्वदेशमा औद्योगिक बातावरण बनाइ रोजगारी सृजना गर्न विदेशी लगानीको सीमा घटाउने देखि उद्योगलाइ छुट सम्म दिने घोषणा बजेटमा उल्लेख गरिएको छ । बिदेशी लगानीको सीमा घटाइ २ करोडमात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साहित हुन जाने देखिन्छ ।’
खेत देखि कारखाना, एकिकृत नमूना कार्यक्रम, औद्योगिक प्रयोजनको लागि ५० वर्षसम्म लिजमा जग्गा, उद्योगलाइ बिद्युत महशुल २ देखि १५ प्रतिशत छुट एवम औद्योगिक प्रयोजनको लागि जग्गाको हदवन्दी हटाउने जस्ता आकर्षक कदमहरु औद्योगिक प्रवद्र्धनको लागि सकारात्मक रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले १२ खर्व ४० अर्व रुपैयाँको राजश्यवको लक्ष्य पनि निकै चुनौतीपुर्ण रहेको जनाएको छ । कोभिड महामारीको प्रभावबाट पूर्ण रुपमा तग्रिन नपाएको निजी क्षेत्र र सरकारका संकुचनकारी आर्थिक नीतिहरुले निजी क्षेत्र निरुत्साहित भएकाले राजश्वको महत्वाकांक्षी लक्ष हासिल हुन कठिन हुने चेम्बरको भनाई छ ।
तरलताको समस्या रहेको बिद्यमान अर्थतन्त्रमा आन्तरिक ऋणको लक्ष्य २ खर्व ५६ अर्व रुपियाँको राखिएकाले यसले तरलताको समस्या झन बिकराल हुन जाने चेम्बरले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत वार्षिक ५ लाख रुपियाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत र दम्पतिको हकमा वार्षिक ६ लाख रुपियाँसम्म कमाउँदा १ प्रतिशत कर लगाउने बजेटमा उल्लेखित व्यवस्थालाई पनि स्वागत गरेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                