शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँचदिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रमध्येबाट दसवटालाई महोत्सवमा सहभागी गराइने थर्ड आईका प्रमुख विकास देवकोटाले बताउनुभयो । महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाललगायतले शुभकामना दिनुभएको थियो ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                