शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । नेपाल बार एसोसिएसनले सङ्घीय संरचनामा जाने निर्णय गरेको छ । बार केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले हालको एकीकृत संरचनालाई प्रदेश संरचनामा रूपान्तरणको निर्णय गरेको छ । हाल अस्थायी रूपमा प्रदेश बार एकाइ समन्वय समितिमा जाने निर्णय गरे पनि विधान संशोधन गरेर स्थायी संरचना बनाउने निर्णय पनि बैठकले गरेको छ ।
उपाध्यक्ष सुधीरकुमार कर्णले सैद्धान्तिक रूपमा सङ्घीय संरचनामा जाने निर्णय भएको बताउनुभयो । निर्णयअनुसार हाल प्रत्येक प्रदेशबाट निर्वाचित बार उपाध्यक्षले नै समन्वय समितिको संयोजकका रूपमा काम गर्नेछन् । उक्त समितिमा प्रदेशबाट निर्वाचित बारका केन्द्रीय सदस्य पनि रहनेछन् ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                