• ४ जेठ २०८१, शुक्रबार

एम्बुलेन्स चालक पक्राउ

blog

बा २० च ६३२७ नम्बरको एम्बुलेन्स चालक रबिन्द्र कार्की । तस्विरः नेपाल प्रहरी

सिन्धुपाल्चोक, जेठ १७ गते । सुनकोशी गाउँपालिका–७ पाङग्रेरटारको दुई किलोमा जेठ ११ गते एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना गराएर फरार रहेका एम्बुलेन्स चालक रबिन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा एक वृद्धाको मृत्यु भएको थियो तर चालक फरार थिए । 

उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्राउ गरेको छ । उनलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ प्रहरीले जनाएको छ । 

एम्बुलेन्स पल्टिएर स्थानीय मनमाया खड्काको घरमा पसेको थियो । एम्बुलेन्सले थिचेर घरमा सुतिरहेकी ७९ वर्षीया वृद्धा खड्काको मृत्यु भएको थियो । एम्बुलेन्स बलेफी गाउँपालिका–७ खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित  हाे । 

Author

चित्र मिजार