• १६ वैशाख २०८१, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, जेठ १७ गते । बैंकङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका–२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने ५१ वर्षीया लक्ष्मी सापकोटा रहनुभएको छ ।

सापकोटाले बङ्गलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उच्च अदातल पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

अदालतले सापकोटालाई बैंकिङ कसुर बमोजिम पाँच दिन कैद र १२ लाख रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउका लागि परिचालित टोलीले सापकोटालाई मङ्गलबार बानेश्वरबाट पक्राउ गरेको हो । सापटकोलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत पेश गरेको उपनिर्देशक एवम् प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।