• १६ वैशाख २०८१, आइतबार

कपिलबस्तुमा अवधि सांस्कृतिकग्राम निर्माण हुने

blog

अवधि सांस्कृतिकग्राम निर्माण हुने क्षेत्रमा निरीक्षण गर्दै स्थानीय टोली । तस्विरः नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, जेठ १७ गते । कपिलबस्तु बुद्धभूमि नगरपालिका १० को चेतरदेई र मोतिनगर क्षेत्रमा अवधि सांस्कृतिकग्राम निर्माण हुने भएको छ । सो अवसरमा लुम्बिनी प्रदेश सरकार र स्थानीयबीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।

अवधि सांस्कृतिकग्राम निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । उक्त ग्राम निर्माणका लागि नगरबाट हुने सक्दो सहयोग गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

सो सांस्कतिकग्राम निर्माणका लागि जग्गाको छनौट पनि भइसकेको बुद्धभूमि नगरपालिका १० का वडाध्यक्ष सन्दिप पाण्डेयले बताउनुभयो । निर्माण हुन लागेको ग्राममा स्थानीय कला, संस्कृति, पार्क, अवधि भेषभूषालगायत स्थानीय स्तरमा हुने सम्पूर्ण चाड पर्वको झल्को दिने गरी निर्माण हुने स्थानीय समाजसेवी तुलसीराम यादवले बताउनुभयो ।

निर्माण हुन लागेको अवधि सांस्कृतिकग्राम बुद्धभूमि नगरपािलका १० का सानो चेतरादेहई, ठूलो चेतरादेई, भगवानपुर, मोतिनगर, बैकुण्ठपुर र जनकपुरका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुनेछ ।