• १६ वैशाख २०८१, आइतबार

२४ सौं घण्टा आकस्मिक उपचारसहितको सेवा सञ्चालनको माग

blog

विजयकुमार साह
ढल्केबर, जेठ १७ गते ।
धनुषाको ढल्केबरमा अस्पतालमा २४ सौं घण्टा आकस्मिक उपचारसहितको सेवा सञ्चालनमा ल्याउन माग गरिएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सहरुको एक समूहले ढल्केवरमा रहेको स्वास्थ चौकीलाई स्तरोन्नती गरी २४ सौं घण्टा आकस्मिक उपचारसहित १० शय्याको अस्पताल सञ्चालनमा ल्याउन माग गरेका हुन् । 

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ढल्केबरमा एउटा पनि आकस्मिक उपचार प्रदान गर्ने अस्पताल नभएकोले सडक दुर्घटनाका घाइते तथा गर्भवती महिला आकस्मिक उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

ढल्केबर स्वास्थ चौकीका एमबिबिएस डाक्टरको दरबन्दी कायम गरेर एक्सरे, ल्याबसमेतको व्यवस्थापन गरी २४ औं घण्टा सेवा सुविधा उपलब्ध गराउन माग गर्दै मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोलाई ज्ञापनपत्रसमेत बुझाउनुभएको छ ।

अस्पताल माग गरिरहेको समूहका संयोजक सञ्जय यादवले चिकित्सहरुले स्यवम् सेवकरुपमा सो अस्पतालमा सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

यता मिथिला नगरपालिकाका नगरप्रमुख महतोले ज्ञापनपत्र बुझ्नुहुँदै तथा सल्लाह सुझावको सराहना गर्नुहुँदै तत्कालै ढल्केबरस्थित स्वास्थ चौकीमा पुगेर स्वाथ्य चौकको अवस्थाबारे जानकारी लिनुभयो ।

जानकारी लिनुहुँदै उहाँले चिकित्सक समूहले दिएको सल्लाहअनुसार प्रक्रिया चाँडै अगाडि बढाइने बताउनुभयो ।