• १५ वैशाख २०८१, शनिबार

फिल्म 'आँखा'को घोषणा

blog

काठमाडौं, जेठ १७ गते । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्म 'आँखा'को घोषणा गरिएको छ । जोन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्ममा नेपाली समाजको एउटा पाटोलाई चित्रण गरिएको हो ।

योञ्जनकै पटकथा रहने फिल्ममा निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीको अभिनय रहनेछ । 

आकोश शुक्लाले छायाङ्कन गर्ने फिल्ममा सङ्गीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाको हुनेछ । फिल्मले  २०८० मा प्रदर्शनको लक्ष्य राखेको छ ।