• ८ वैशाख २०८३, मङ्गलबार

‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

blog

काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको छ । प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रङ संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेसन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत छ । चलचित्र जेठ ८ गते प्रदर्शनमा आउने भएको छ ।