• १६ वैशाख २०८१, आइतबार

सरकारी अस्पतालमा अनुगमन

blog

गोरखापत्र अनलाइन
यादवराज पुरी/रौतहट समाचादाता

रौतहट, जेठ १७ गते । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा छजना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।

नगरप्रमुख सञ्जय काफ्ले, वडाअध्यक्ष नीलहरी कोइरालासहित वडासदस्यले अस्पताल  अनुगमन गर्दा स्वास्थ्यकर्मीहरु अनुपस्थित रहेको पाइएको हो ।

असिस्टेन्ट हेल्थ वर्कर (अहेव) राजेशप्रसाद रौनियार यही जेठ १३ गतेदेखि, अनमि प्रेमकुमारी पौडेल जेठ ११ देखि, अनमि अम्बिकाकुमारी एक दिन, हेल्थ असिस्टेन्ट लक्ष्मण राय एक दिन, सीएनएम रञ्जुकुमारी मुखिया एक दिन, स्टाफ नर्स विमलाकुमरी साह जेठ ४ गतेदेखि बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।

अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो बढेपछि नगरप्रमुख काफ्लेले सम्बन्धित वडाका वडाध्यक्ष र सदस्यसहित अस्पतालको अनुगमन गर्नुभएको हो ।

अनुपस्थित रहने ती स्वास्थ्यकर्मीको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देललाई जिम्मा लगाइएको नगरप्रमुख काफ्लेले जानकारी दिनुभयो ।