• १६ वैशाख २०८१, आइतबार

श्रीमानको यातनाले गीताको मृत्यु

blog

क्रुर यातनाको शिकार बनेर ज्यान गुमाएका गीता माझी । तस्विर– शान्ता अधिकारी


शान्ता अधिकारी 

चितवन, जेठ १७ गते । श्रीमानको क्रूर यातनाबाट घाइते भएका खैर नगरपालिका १० का गीता माझीको ज्यान गएको छ । श्रीमान रामचन्द्र माझीद्वारा याैनाङ्ग क्षतविक्षत बनाएपछि उपचारको क्रममा भरतपुुर अस्पतालमा सोमबार राति ११:३० बजे गीताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आफ्नै घरमा बन्धक बनाएर क्रूर यातनापछि रगताम्य भएका गीतालाई स्थानीयको सहयोगमा उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

चिकित्सकका अनुसार गीताको याैनाङ्गको चार तह च्यातिएको थियो । उहाँको याैनाङ्गमा  शल्यक्रिया गरे पनि उपचार सफल हुन नसक्दा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्यालगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो ।

घाइते महिलाको मृत्यु भएपछि प्रहरीले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर रामचन्द्रलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।