• २७ वैशाख २०८१, बिहिबार

मौसमबारे समन्वय नहुँदा दुई घण्टा उडान रोकियो

blog

फाइल तस्विर

काठमाडौं, जेठ १८ गते । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई घण्टा रोकिएको छ । बुधबार देखि लागु हुने गरी सरकारले डिपार्चर, इनरुट र टेस्टीनेसन मौसम क्लीयर हुनु पर्ने त्यसपछि मात्र उडान अनुमती दिनुपर्ने गरी निर्णय गरेको थियो । 

मौसम सफा भएपनि बुधबार बिहान ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमती नदिँदा २ घण्टा रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उडड्यन प्राधिकरणले उडानका लागि अनुमती नदिँदा ६ बजेको उडान ८ः१८ बजे मात्र उडेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो । सरकारले गरेको निर्णय स्वागतयोग्य छ तर मौसमबारे समन्वय नहुँदा यात्रुले सास्ती खेप्नु परेको भन्दै भोली देखि सफा मौसम हुँदा समयमै रिपोर्ट दिएर उडान अनुमती दिनुपर्ने उहाँले माग गर्नुभयो । 

यता नागरिक उडड्यन प्राधिकरण अन्र्तगत टावरका कर्मचारीले भने मौसमको रिपोर्टको जानकारी नदिदाँ उडान अनुमती दिन नसकेको जानकारी दिनुभयाे । सरकारले भिजुअल फ्लाइट सिष्टम (भिएफआर) प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागु गर्ने निर्णय गरेको छ । यस अन्र्तगत अधिकांश हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरुमा इनरुट मौसम सफा भएपछि मात्र उडान अनुमती दिनु पर्ने भएको छ । बुधबार बिहान भिएफआर प्रणाली जडानभएका अधिकांश विमानस्थलको उडान रोकिएको थियो । 

यस अघि विभागले दुई घण्टाको अन्तरमा मौसमको जानकारी दिँदै आएको भएतापनि अब यो नियम लागु भएसँगै तत्कालको मौसम बारे जानकारी दिनु पर्ने प्राधिकरणले जनाएको छ ।