• २५ वैशाख २०८१, मङ्गलबार

नेपालमा १९ दिन ओलम्पिक दिवस मनाइने

blog

ओलम्पिक दिवसबारे जानकारी दिँदै स्पोर्ट्स फर अल कमिसनका पदाधिकारी । तस्बिर : एनओसी

काठमाडौं, जेठ १८ गते । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाईने भएको छ । आधुनिक ओलम्पिक स्थानमा भएको दिन अर्थात् हरेक बर्षको जुन २३ तारिख विश्वभर ओलम्पिक दिवस मनाउने गरिन्छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले नेपालमा विभिन्न खेलकुद आयोजना गरि १९ दिनसम्म ओलम्पिक दिवस मनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

खेलकुद लगायतका कार्यक्रमहरु जेठ २२ गते सुरु भई असार ९ गतेसम्म सञ्चालन हुनेछ । कमिसनले राष्ट्रिय खेलकुद संघ, विभिन्न विधालय, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।