• २५ वैशाख २०८१, मङ्गलबार

मनग्य खिदिरपुर स्पोर्टिङमा अनुबन्धित

blog

खिदिरपुर स्पोर्टिङ क्लबसँग सम्झौता पछि मनग्य नकर्मी । तस्बिर सौजन्य : दीपेश तिमल्सिना

काठमाडौं, जेठ १८ गते । नेपालको ए डिभिजन क्लब थ्रीस्टारमा मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित हुनुभएको छ । कोलकत्ता फुटबल लिग क्लब खिदिरपुरले मंगलबार मिडफिल्डर मनग्यलाई अनुबन्ध गरेको हो । 

मनग्यले खिदिरपुरसँग सिजनको अन्त्य सम्मका लागि ब्यवसायिक सम्झौता गर्नुभएको छ । नेपाली यू-१६ टोलीबाट खेल्नुभएको मनग्यले सन् २०१८ देखि थ्रीस्टार क्लबमा आबद्द हुनुभएको थियो । उहाँले सन् २०१९ बाट ए डिभिजन लिग खेल्नुभएको हो ।