• २६ वैशाख २०८१, बुधबार

कालीगण्डकीमा जल प्रकोप उद्धार नमूना अभ्यास

blog

कालीगण्डकी नदीमा नमूना अभ्यास गर्दै नेपाली सेना । नवीन शिशिर विक

नवीन शिशिर विक 

बागलुङ, जेठ १८ गते । वर्षाको समय नजिकिँदै गर्दा नेपाली सेनाले कालीगण्डकी नदीमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेको छ । 

आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको वार्षिक विकास कार्यक्रम अन्तरगत श्री श्रीमेहर गणको आयोजनामा विपद व्यवस्थापनसम्बन्धी जल प्रकोप उद्धारको नमूना अभ्यास गरिएको हो । 

अभ्यासमा नेपाली सेनाको जनशक्तिले प्राकृतिक प्रकोपहरुमा सर्वसाधारणलाई सुरक्षित तवरले उद्दार गर्ने  कार्यको अभ्यास गर्नुका साथै जिल्लामा रहेका अन्य सरोकार निकायहरुसँगको समन्वयमा विपद व्यवस्थापन कार्य प्रभावकारीरुपमा सम्पादन गर्ने विषयमासमेत अभ्यास गरिएको थियो । 

नेपाली सेनाले विपद् पूर्वका कार्यहरु, विपद्को समयमा गरिने उद्धार कार्यहरु र विपद्पश्चात् गरिने कारवाहीहरु समावेश गरी व्यवस्थापनमा लागू हुने पूर्ण चक्रमा आधारित रहेर सञ्चालन गरिएको थियो । अभ्यासमा श्री श्रीमेहर गणका सकलदर्जालगायत श्री नम्बर २ विपद् व्यवस्थापन गणका जल उद्धार समूह, श्रीमहाविर गण रेञ्जरको विपद उद्धार समूहको सहभागिता थियो । 

नमूना अभ्यास र विपद व्यवस्थापनबारे श्री नम्बर २३ बाहिनीपति सहायकरथी रामप्रसाद अधिकारीले सरोकारवाललाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला  मन्त्री दोवाटे विपद व्यवस्थापन गर्न सुरक्षा निकाय र नागरिकको समन्वय बलियो हुनुपर्नेमा जोडदिनुभयो । 

नमूना अभ्यासले विपद् व्यवस्थापन कार्यमा नेपाली सेनाका सकल दर्जाले थप दक्षता हासिल गरेको र समग्रमा सैनिक नागरिक सम्बन्धमा बलियो बनाउन सहयोग पुगेको श्रीमेहर गण घोडाबाँधेका गणपति  प्रमुख सेनानी देवभक्तमणी श्रेष्ठको भनाइ छ ।