• २६ वैशाख २०८१, बुधबार

किसान पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य : सांसद त्रिपाठी

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले वर्षेनी किसानहरु पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद त्रिपाठीले सो धारणा राख्नुभएको हो ।

‘‘खेतीको समय छ तर मल अभाव छ । तर आकाङ्क्षा हाम्रो ३० प्रतिशत आयात घटाउछौं भन्ने छ ।,’’ उहाँले भन्नुभयो, ‘‘किसानलाई पेन्सन दिने भनेको हो ? यो हावादारी कुरा हो ।’’

पेन्सन दिने मोडालिटी अस्पष्ट भएको बताउनुहुँदै उहाँले कृषिमाथिको लगानी र किसानमाथिको लागानी विडम्बना बनिरहेको बताउनुभयो ।