नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाको साउन ६ गते र कम्युनिस्ट नेता पुष्पलालको ७ गते स्मृति दिवस मनाइयो। राजनीतिज्ञ, नेता, बुद्धिजीवी, कार्यकर्ता सबैले आआफ्नै तरिकाले यी दुई महापुरुषलाई सम्झिए। नेपाली कांग्रेसले आफ्ना संस्थापक बीपीलाई स्मरण ग-यो भने पुष्पलाललाई विभिन्न चिरामा विभक्त नेपालका अनेकौँ कम्युनिस्ट दलले शीर्ष पुरुषका रूपमा सम्मान प्रकट गरे। सालिकमा ढोगे, माला चढाए, मानौँ उहाँहरूले देखाएको पथमा नै नेपालको राजनीति चलिरहेको छ। यी दुई राजनेताका स्मरणमा अहिलेका नेताले खर्चिएका शब्द सुन्दा वर्तमानका नेता सिद्धान्त, आदर्श र व्यवहारका दृष्टिले अनुकरणीय छन्, प्रशंसनीय छन् र चरित्रका दृष्टिले सम्माननीय छन् भन्ने सबैलाई लाग्दथ्यो। बीपी र पुष्पलालबाट कोही टाढा पुगेजस्तो लाग्दैनथ्यो। जनताको चाहना त्यही नै हो तर वास्तविकता त्यस्तो नहुँदा भने सर्वत्र चिन्ता छाएको पाइन्छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा पुष्पलालको भङ्गेरीमा जन्म भएको थियो।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण पारि माडी नगरपालिकामा परेको समस्याका विषयमा निरीक्षण गर्न चितवन आउनुभएका मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् ।
नइ प्रकाशनले शनिबार राजधानी काठमाडौँमा २५ जना स्रष्टालाई २०७८ सालको नइ पुरस्कार समपर्ण गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताउनुभएको छ।
मलंगवा, साउन ७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक/पटक प्रतिबद्धता जनाएको थिएँ। अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ।”सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गर्नुभयो। “तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ।” मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उहाँले दाबी गर्नुभयो। “चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ।” अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताउनुभयो। कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार/प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। रासस
काठमाडौं, साउन ७ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ। मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिनुभयो।वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो।उहाँका अनुसार मन्त्री खापुङको अहिले वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।” रासस
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्यो। ऐतिहासिक, पुरातात्त्विक सम्पदा ध्वस्त भए। नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो।
गृहमन्त्री बालकृष्ण खाणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
काठमाडौं, साउन ७ गते । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक भएको छ । 'आश्वी फिल्म्स'को युट्युब च्यानलबाट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेमलाई देखाइएको छ । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।विजेश पौडेलको सम्पादन तथा कलर रहेको फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलको छ ।फिल्ममा अनितासँगै अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकको अभिनय देख्न सकिन्छ ।
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिका –५ नमखुलेकमा याक तथा चौरीको आलो रगत निकाल्ने कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नेगरेका छन् ।
काठमाडौं, साउन ७ गते। घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ। तर, चौतर्फी दबाबका आधारमा शेयर धितो कर्जाको प्रावधानमा भने केही खुकुलो नीति लिएको छ।आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा न्यूनतम चार करोड र अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने प्रावधान राखिएको थियो। त्यसलाई धेरैले ४/१२ को नीतिका रुपमा चित्रण गर्दै आएका थिए। चालु आवको मौद्रिक नीतिमा शेयर धितो कर्जामा केही खुकुलो प्रावधान राखिएको छ। अब एक व्यक्तिले एउटा बैंकबाट १२ करोड बराबरको ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्। अघिल्लो व्यवस्थाले शेयर बजार ओरालो लागेको र लगानीकर्ताले ठूलो मात्रामा लगानी र नाफा गुमाएको भन्दै आलोचना भएको थियो। एकातिर घरजग्गा धितोमा प्राप्त हुने कर्जाको सीमा घटाएको केन्द्रीय बैंकले शेयर धितो कर्जामा भने खुकुलो व्यवस्था गरिदिएको छ। केन्द्रीय बैंकले धितोपत्र दलाल व्यवसायीमार्फत प्राप्त हुने मार्जिन कर्जा व्यवस्थित हुँदै गएपछि यसलाई क्रमशः घटाउँदै जाने लक्ष्य राखेको छ। मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले काठमाडौँ उपत्यकाभित्र घरजग्गाको धितो राखेर कुल मूल्याङ्कनको ३० प्रतिशत बराबर मात्रै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। काठमाडौँ उपत्यकाबाहिर भने त्यस्तो कर्जा ४० प्रतिशत बराबर पाइनेछ। बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्यूबीचको अनुपात घटाएको छ। यसअघि काठमाडौँ उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत बराबरको कर्जा पाइने व्यवस्था थियो। यसबाट अनुत्पादक भनिएको क्षेत्रमा समेत केन्द्रीय बैंकको दोहोरो जस्तो देखिने भूमिका निर्वाह गरेको टिप्पणी गरिएको छ। उद्योगी व्यवसायीले भने बजारमा ब्याजदर वृद्धि हुने तथा आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने टिप्पणी गरेका छन्। यस्तै, अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई सो संस्थाले माग गरेमा बैंक दरमा दुई प्रतिशत विन्दुले पेनाल दर थप गरी अन्तिम ऋण दाता सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। अन्तिम ऋणदाता सुविधासम्बन्धी कार्यविधि जारी गरिने भएको छ। बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पु¥याइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था गरिनेछ।पुनर्कर्जामा गयो खर्ब बढी केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल एक खर्ब ११ अर्ब ९६ करोड बराबर पुनरकर्जामा लगानी भएको छ। यस्तै, एक खर्ब १५ अर्ब ६८ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ। नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ संशोधन गरी यस बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा प्रदान गर्दा कोभिड/१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम/व्यवसाय र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिएको थियो। सो आवमा कुल २४ हजार ३०५ ऋणीले त्यस्तो कर्जा पाएका थिए। सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत गत जेठसम्म एक लाख ४७ हजार १४७ ऋणीलाई दुई खर्ब १५ अर्ब ९१ करोड कर्जा लगानी गरेको छ। यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय शीर्षकमा ६० हजार ६१८ ऋणीलाई एक खर्ब ३९ अर्ब ८४ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार ६६९ महिला उद्यमीलाई ७२ अर्ब ३८ करोड कर्जा लगानी भएको छ। सहुलियतपूर्ण कर्जाका अन्य आठ शीर्षकअन्तर्गत कुल दुई हजार ८६० ऋणीलाई तीन अर्ब ६९ करोड कर्जा लगानीमा रहेको छ। रासस
पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।