ह्याम्बु ग्याल्खापकी काङग्यूकी क्ष्योग्ला लो गोमान्ये ज्युन ज्युयी वाउ श्यार्वा तिवा पयुलकी मिङ जम्बुलिङला क्योलुला खाक्छेम्बु ल्येगेन ज्योकी वाउ मिरिग स्यिगयिन् । ताप्लेजुङ जोङखाकी श्यार्वा मिमाङ्ग तिवा लोप्ज्योङ तङ कोर नाछोगकी कोर्ला थाक्रिङ वतु तप्की साङ श्यार्वा तिवा तन्दासाग सिक्याउ दोके क्यान याम्बा चिछोगकी मुला गोमाला हुङ माथुप वाई । ग्याङडागकी क्ष्योग्ला, लोप्ज्योङकी क्ष्योग्ला, छ्याप्सीकी क्ष्योग्ला क्ष्योग चुकोतिला ल्हाप यिन्सीनाङ श्यार्वा मिमाङ तिवा ठिक्पेयी तिङलाराङ खेल वाई ।
हिजोअस्तिदेखि दिन धुम्म भइरहेको थियो । न त उघ्रिन सकेको थियो न त पानी नै पर्न । आज साँझ भने हुरी चल्न थल्यो । यसले ठूलै वितण्डा मच्चाउने पो कि भन्ने पनि लाग्यो । ‘ड्याङ ड्याङ’ झ्यालहरू एकआपसमा ठोक्किन थाले । ऊ उठ्छे, झ्याल लगाउँछे, ढोका थुन्छे । हुरी कम भएको हो वा अझै चल्छ पत्तो छैन तर लाग्छ अब हुरी रोकिन्छ । ‘टिक टिक टिक’ घडीको आवाज आइरहेको छ । आफू आफैँभित्र बन्द भई विचार शून्य भएकाले उसलाई लागेको थियो समय रोकिएछ तर होइन, रातको १० बजिसकेछ । विवेकलाई फोन गरी । उसलाई थाहा थियो फोन उठ्दैन भनेर तर झिनो आशाको त्यान्द्रोले उसलाई बाँधेको थियो ।
अचेल विदेश भ्रमणका अनुभवलाई समेटेर पनि उपन्यास लेखिएको पाइन्छ । यसक्रममा विमला अधिकारी देवकोटाले स्वदेश र विदेशको सामाजिक परिवेशलाई समेटेर ‘मनकली’ उपन्यास प्रकाशन गर्नुभएको छ । रोजगारीको क्रममा लामो समय इजरायल बस्दा उपन्यासकारले भोगेका र देखेका परिवेशलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास लेखिएको हो । विदेश जान नेपाली युवालाई बाध्य पार्ने नेपालको वर्तमान परिस्थितिको पनि यसमा सुन्दर वर्णन गरिएको छ ।
अमेरिका नर्थ क्यारोलिनामा नेपाली मुलका अमेरिका बस्दै आउनुभएका सतीस चापागाई डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको काउन्टी सदस्यमा निर्वाचित हुनु भएको छ ।
साउन महिना वर्षभरिमा सबैभन्दा सरस, सुन्दर र सजल मानिन्छ । यो महिना मनोरम र मनोहर पनि मानिन्छ । महिनाभरि दिनरात पानी परिरहने भएकाले गर्मीको अनुभव हुँदैन । आकाशमा बादल लुकामारी खेलिरहेको हुन्छ । तसर्थ घामछायाँको छवि पनि दर्शनीय हुन्छ । शीत र तापमा समन्वय देखिन्छ । साहित्यकारका लागि पनि प्रेरणाको स्रोतका रूपमा यो महिनाले प्रसिद्धि प्राप्त गरिसकेको छ ।
झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ ।
तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, “किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।” ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जो कोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यति मात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् ।
म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।
वरिष्ठ गीतकार किरण खरेलले आफ्नो जीवनको अधिकांश समय नेपाली गीत तथा सङ्गीतको क्षेत्रमा बिताउनुभयो । उहाँलाई नेपालको सदावहार गीतकारका रूपमा पनि चिनिन्छ । उहाँले लेख्नुभएका कैयौँ गीत आज पनि जनजिब्रोमा झुन्डिएका छन् । खरेलका गीतहरू नारायणगोपाल, तारादेवीलगायत ख्यातिप्राप्त गायक÷गायिकाले गाउनुभएको छ । यसैगरी उहाँले धेरै नेपाली चलचित्रका लागि पनि गीत लेख्नुभएको छ ।
अक्सिजेनेटर मेसिन अभावका कारण मुटुको शल्यक्रिया रोकिएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरेर मेसिन तत्काल झिकाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठक शुक्रबार बसेको थियो । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया तत्काल गर्नका लागि कूटनीतिक पहल र कानुनी बाधा अड्चन फुकाएर मेसिन ल्याउनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कूटनीतिक पहल गरेर पनि अक्सिजेनेटर ल्याउन सकिने बताउँदै हाल विश्वबजारमा अक्सिजेनेटर अभाव भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोरियाबाट केही दिनभित्र १० वटा अक्सिजेनेटर मेसिन नेपाल ल्याइँदै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनुभएको छ। शुक्रबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७८ वितरण समारोहमा बोल्नुहुँदै नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले बीपी कोइरालालाई नेपाली समाजले उच्च राजनीतिक चिन्तक र विश्लेषकका साथै नेपाली भाषा–साहित्यका एक उत्कृष्ट स्रष्टाका रूपमा पनि चिन्ने गरेको बताउनुभयो ।
जिल्ला न्यायाधीशको २१ पदका लागि २०२ जनाको आवेदन परेको छ । न्याय परिषद्ले आह्वान गरेको आवेदन अवधिमा कानुन, न्याय तथा सरकारी वकिल समूहका प्रतिस्पर्धीले आवेदन दिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह सवारी इन्धनको बचत गर्न र पर्यावरणको संरक्षणका लागि साइकल चढेर कार्यालय आउनु भएको छ । साताको एक दिन शुक्रबार साइकल चढ्ने निर्णय गरे बमोजिम उहाँ शुक्रबार साइकल चढेर कार्यालय आउनु भएको हो ।
सिरहा सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पश्चिमी किनाराको कटान रोक्न पूर्वी किनाराबाट पानी बग्ने गरी लहान नगरपालिकाको जेसीबीले माटो खन्ने कार्य तीव्र रूपमा अघि बढाएको छ । पश्चिमी किनारा लहान–२३, तिलोबोना कडरियातर्फको कटानले पश्चिमतर्फबाट बलान बग्न थाले ठूलो क्षति हुनबाट रोक्न स्थानीयले लहान नगरपालिकालाई गुहारेका थिए ।