• २८ पुस २०८१, आइतबार

न्यायाधीशको माग २१, आवेदन २०२

blog

काठमाडौँ, साउन ७ गते । जिल्ला न्यायाधीशको २१ पदका लागि २०२ जनाको आवेदन परेको छ । न्याय परिषद्ले आह्वान गरेको आवेदन अवधिमा कानुन, न्याय तथा सरकारी वकिल समूहका प्रतिस्पर्धीले आवेदन दिएका हुन् । 

जिल्ला र उच्च अदालतका न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका पारित भएसँगै परिषद्ले आवेदन माग गरेको थियो । गत असार २७ देखि एक साताको समय दिएर आयोगले आवेदन माग गरेको थियो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले नियुक्ति प्रक्रिया अगाडि बढाइने बताउनुभयो । द्वितीय श्रेणीका कर्मचारीमध्ये  ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्याङ्कनका आधारमा नियुक्ति प्रक्रिया अहिले परिषद्ले अघि बढाएको हो ।