ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
शिवराज ढुंगाना अछाम, साउन ६ गते । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुुराएको छ । “उहाँलाई (कृष्णा) अस्तिदेखि सुत्केरी बिराम लागेको रहेछ, स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान आउनुभयो ।” भुलु स्वास्थ्य केन्द्रमा अहेब राजेन्द्र विष्टले भन्नुभयो । “हामीले दिउँसोसम्म प्रयास गर्दा पनि बच्चा नजन्मिएको तर रगत गइरहेको भएर पठाएका हौं ” अहेब विष्टले थप्नुभयो । राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क हवाइ उद्धार गरिएको हो । पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ । सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिनुभयो । कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिनु भएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संशोधनसहित बहुमतले पारित भएको छ।
काठमाडौं, साउन ६ गते। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गर्न सिंगो सदनमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधन कर्ताले राखेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनुभयो। गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मुल आधारशीला नै नेपाली आमा र बुवा भएकाले नै नागरिकता पाउने गरेर नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताउनुभयो। उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनुभयो। गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतको लागि सबैले सहमति गरेर नागरिकताबिहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको उल्लेख गर्नुभयो। गृहमन्त्री खाणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गर्नुभयो। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए।
गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने सम्बन्धमा समझदारी भएको छ ।
पोखरा, साउन ६ गते। कोभिड-१९ को संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ। यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बिहीबार बसेको छ। प्रमुख सचिव रविलाल पन्थले बैठकले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले कोभिड संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषिध औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो। मानिसको जमघट र भीडभाड हुने स्थानमा कोभिड-१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको छ। खोप कार्यक्रम प्रभावकारी बनाइनेउहाँले कोभिड विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउन अनुरोध गरिने बताउनुभयो। कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोनमार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए। आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्रीको निर्देशनमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीन तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्नुहुँदै अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन्। कोरोना संक्रमणका कारण आइसोलेनसमा रहनुभएका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भन्नुभयो, “महामारी कसरी बढ्दै जाने हो, त्यसको आंकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ”, उहाँले अस्पतालमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो। खोपको प्रबन्धका अतिरिक्त पीसीआर परीक्षण, अस्पतालहरुमा आवश्यक प्रबन्ध लगायतका विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो। कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँनुहुँदै उहाँले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभयो। बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पीसीआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ। प्रदेशभर एक सय ३१ जना संक्रमित रहेकामा तीन जनामात्र अस्पतालमा भर्ना भए। अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन्। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराउनुभयो। उहाँको अनुसार कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको पनि छ। उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राख्नुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा। विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा। रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका प्रस्तुत गर्नुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो। उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डीआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको तीन नम्बर वाहिनीका बाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भएको छ।
काठमाडौं, साउन ६ गते। पूर्व प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सांसद झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ।शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्न रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनुभयो। उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनुभयो। खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो। उहाँले भन्नुभयो, “नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढंगले लुज काम गर्नु हुँदैन। हामीले लुज कुरा ग¥यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतरा हुन्छन्। यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञले, नेपालका पार्टीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।”अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ, यसमा केही गम्भीर प्रश्नहरु रहेको बताउनुहुँदै उहाँले यसमा राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। “राष्ट्रिय सहमती भएको मैले देखिनँ। प्रतिपक्षले असहमति राखिरहेको छ। सरकार पास गर्नका लागि तयारी गरिरहेको छ। यो विवादको बीचमा पास हुने खतरा छ”, उहाँले भएमा विधेयक पास भएमा देशमा दुई खालको जनमत बन्ने खतरा बढ्ने धारणा राख्नुभयो।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य बाहक शक्ति माओवादी भएको दाबी गर्नुभयो।
नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
बेइजिङ, ६ साउन (रासस/सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ। आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्। सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्। उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्। बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन्। उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्
सहिद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।
काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएको हो। राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको हो। यो सँगै बैंकबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ। अब बैंकले निक्षेपको चार प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ। राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत् कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो। बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ। पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा दुई प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।