• १७ असार २०८१, सोमबार

४५६ सङ्क्रमित थपिँदा ८० जना सङ्क्रमण मुक्त

blog

काठमाडौं, साउन ६ गते । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ८३८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५६ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार १६८ जनाको आरटी पीसीआर गर्दा ३८४ जनामा र एक हजार ६७० को एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएकामध्ये ११.८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी २४९ जना काठमाडौं उपत्यकामा रहेका छन् । जसमा काठमाडौंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा ८० जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार ७८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये, काठमाडौं उपत्यकामा मात्रै एक हजार ८८२ जना सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा, १३३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये २२ जना आइसीयूमा छन् । नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला आठ पुगेका छन् ।

सरकारले कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ । सरकारले मानिसकको भीडभाड हुने ठाउँहरुमा अनिवार्य माक्स प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउन आग्रह गरेको ।

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय हवाई स्थालगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

यस्तै, गोष्ठि सेमिनार, बैठक जस्तै भीडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा जाँद माक्सको अनिवार्य प्रयोग गर्न सरकारको सुझाव छ ।