• ८ असार २०८१, शनिबार

चापागाई काउन्टी सदस्यमा निर्वाचित

blog

अमेरिका (नर्थ क्यारोलिना), साउन ७ गते । अमेरिका नर्थ क्यारोलिनामा नेपाली मुलका अमेरिका बस्दै आउनुभएका सतीस चापागाई डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको काउन्टी सदस्यमा निर्वाचित हुनु भएको छ । 

गत मंगलवार सम्पन्न निर्वाचनबाट बाल्टिमोर काउन्टीको ७ ए क्षेत्रबाट निर्विरोध रुपमा उहाँ केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो । पाल्पा स्थायी घर भई हाल बाल्टिमोरमा बस्दै आउनुभएका ४३ वर्षीय चापागार्इँ चार वर्ष कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।