• १३ साउन २०८१, आइतबार

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

blog

काठमाडौं, साउन ७ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ। मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिनुभयो।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो।

उहाँका अनुसार मन्त्री खापुङको अहिले वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।” रासस