निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकनको काम शुरु गरेको छ । आगामी मंसिर २ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको सरकारसँग परामर्श गरेको आयोगले पुनरावलोकनको गृहकार्य शुरु गरेको हो । यद्यपि सरकारले अझै निर्वाचनको मिति घोषणा गरिसकेको छैन ।
फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीनजनाको मृत्यु भएको छ ।
विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दीपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको छ ।
भारत हुँदै तेस्रो मुलुकमा पठाउन लागेको अवस्थामा एक युुवतीको उद्धार गरिएको छ । कपिलवस्तुको शान्ति पुनर्स्थापना गृहले ती युवतीलाई भारतको गोरखपुर शहरबाट उद्धार गरेको हो ।
प्रदेश सभाका सांसद सर्वध्वज साँवाले प्रदेश नामकरणमा मत विभाजन हुँदा गोप्य मदतानको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रदेश सभाको बैठकमा सांसद साँवाले नाम बारेमा पार्टीले एउटा डण्डा चलाउने र जनताले अर्को डण्डा चलाउने अवस्था रहेकाले ज्यान बचाउनै गाह्रो भएको बताउनुभयो ।
अहिलेसम्म ९७२ मत गनिसक्दा अध्यक्षमा शिव लम्सालले ५३१ र अनिता बिन्दुले ४१६ मत पाउनुभएको छ । लम्साल ११५ मतले अगाडि हुनुहुन्छ ।
नेपाली राष्ट्रिय युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले नेपालले यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने दावी गर्नुभएको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु हुने च्याम्पियनसिप अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र नेपालले उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा आपत्ति जनाउनुभएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले नागरिकता विधेयक पारित भएकोप्रति सरकार र सत्ता गठबन्धनप्रति रोश प्रकट गर्नुभयो ।
पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको चर्चा गर्नुभयो ।
प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले आगामी चुनावमा संविधानमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा वा नारा बनेको भन्दै आपत्ति जनाउनुभएको छ।
पछिल्लो समय धरानमा श्रमदानबाट काम गर्ने कार्य बढ्दै गएको छ। केही समय अगाडि पकुवा खोलामा दुई वटा खानेपानीका ट्यांकीको निर्माण सम्पन्न भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका – २ साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पूर्ब–पश्चिम राजमार्ग देखि करिब ३०० मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ । तालको वरपर अन्य साना ठूला गरी १२ वटा ताल समेत छन् ।
यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ ।
गुल्मीमा ७१ वर्षको उमेरमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ का कमला कुमालले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट आइतबार नागरिकता प्राप्त गर्नुभएको छ।