• ३ साउन २०८१, बिहिबार

भारतीय भूमिबाट नेपाली चेलीको उद्धार

blog

साङ्केतिक तस्बिर

जानु पाण्डे
कपिलवस्तु, साउन ८ गते ।
भारत हुँदै तेस्रो मुलुकमा पठाउन लागेको अवस्थामा एक युुवतीको उद्धार गरिएको छ । कपिलवस्तुको शान्ति पुनर्स्थापना गृहले ती युवतीलाई भारतको गोरखपुर शहरबाट उद्धार गरेको हो ।

इलाम घर भएकी २३ वर्षीया वीरमाया (नाम परिवर्तित) लाई भारत हुँदै बहराइन पुर्याउन लागिएको भन्ने सूचनाका आधारमा खटिएका टोलीले ती युवतीलाई उद्धार गरिएको गृह कृष्णनगर शाखाको संयोजक बसन्ती जिसीले बताउनुभयो ।

वीरमायालाई जागिर लगाइदिने प्रलोभन देखाई सन्तोष र धनप्रसाद नाम गरेका व्यक्तिले बहराइन लैजान लागेको बताइएको छ ।

एक महिना अगाडि रुपन्देहीको सुनौली नाका हुँदै युवतीलाई गोरखपुर पुर्याइ अलपत्र पारी छाडेको थियो ।

रेल्वे स्टेसनमा अलपत्र परेका अवस्थामा भेटिएपछि भारतीय प्रहरीले गोरखपुरमा रहेको आशा ज्योति सेवा केन्द्र पठाएको थियो ।

सूचना प्राप्त भए पछि शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईको टोलीले उद्धार गरि नेपाल ल्याइएको हो । उद्धार गरिएकी युवतीलाई काठमाडौंस्थित पुनर्स्थापना केन्द्रमा राखिएको छ ।