• २५ कात्तिक २०८२, मङ्गलबार

कञ्चनपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

blog

घटनास्थल । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, कात्तिक २५ गते ।
कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।

पूर्व–पश्चिम राजमार्ग जाने सडकको कल्भर्ट भित्र सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

सडक छेउमा गन्ध आएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले बेवारिसे अवस्थामा फेला परेको शव निकाल्ने कार्य गरिरहेको प्रनाउ बोहराले बताउनुभयो । मृतको परिचय भने खुल्न बाँकी रहेको छ ।