• ३ साउन २०८१, बिहिबार

नेपाल प्रेस युनियन निर्वाचन : लम्सालको अग्रता कायमै

blog

प्रेस युनियन अध्यक्षका प्रतिस्पर्धी अनिता बिन्दु र शिव लम्साल ।

काठमाडौं, साउन ८ गते । नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता कायमै राख्नुभएको छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता बिन्दुले उम्मेदवारी दिनुभएको थियो ।

शनिबार रातिदेखि सुरुभएको मत गणना अहिले पनि जारी छ । अहिलेसम्म ९७२ मत गनिसक्दा अध्यक्षमा शिव लम्सालले ५३१ र अनिता बिन्दुले ४१६ मत पाउनुभएको छ । लम्साल ११५ मतले अगाडि हुनुहुन्छ । यसैगरी महासचिव पदमा दिलिप पौडेलले ६४७ र जगन्नाथ दुलालले २९२ मत पाउनुभएको छ । आजै अध्यक्षसहित पदाधिकारी र लेखा समितिका पदाधिकारीको नतिजा आइसक्ने बताइएको छ ।

निर्वाचनमा कुल १३ सय ९३ मत खसेको थियो । शुक्रबारदेखि सुरु भएको युनियनको निर्वाचनमा ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौं उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता थियो ।