• ३ साउन २०८१, बिहिबार

दीपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

blog

स्वर्ण विजेता दीपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारी । तस्बिर : राखेप

काठमाडौं, साउन ७ गते । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दीपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको छ । 

दीपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जित्नुभयो । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्तका खेलाडीलाई हराउँदै स्वर्ण हात पार्नुभएको हो । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा जित्नुभयो ।