• २५ कात्तिक २०८२, मङ्गलबार

स्वास्थ्यचौकी बनाउन भारतसँग चार करोडको सम्झौता

blog

भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच भिमगिठे स्वास्थ्य चौकीको भवन निर्माणका लागि भएको सम्झौता । तस्बिर सौजन्य : समित्रा घिमिरे

नवराज नेपाली 
बागलुङ (गलकोट), कात्तिक २५ गते ।
बडिगाड गाउँपालिका–७ भिमगिठे भन्ने स्थानमा रहेको भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि चार करोड सात लाख बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ ।

भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण कार्यक्रमअन्तर्गत गाउँपालिकाको ७ नम्बर वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो ।

सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावास काउन्सलर अविनाशकुमार सिंहबिच भवन निर्माणमा रकम उपलब्ध गराउने सम्झौता भएको हो ।