• १३ असोज २०८१, आइतबार

‘बैंक मिटरब्याजी साहु जस्तै भए’

संविधानमाथि प्रहार हुने चुनावी एजेण्डा आएकोप्रति त्रिपाठीको आपत्ति

blog

फाइल तस्बिर

काठमाडौं, साउन ८ गते। प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले आगामी चुनावमा संविधानमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा वा नारा बनेको भन्दै आपत्ति जनाउनुभएको छ। 

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद त्रिपाठीले सङ्घीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको वकालत भएको भन्दै आपत्ति जनाउनुभएको हो।

उहाँले यस्ता विषयमा जिम्मेवार दल नै गैरजिम्मेवार देखिएकोसमेत आरोप लगाउनुभएको छ। ‘‘राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने आफूले गतिलो काम गर्न नसकेको, अग्रमगन तथा दूरदृष्टिको अभावका कारण यसप्रकारका प्रतिगामी नाराका सहारा लिन दल लिप्त भएका छन्,’’ उहाँले भन्नुभयो।

प्रतिनिधिसभा सदस्य त्रिपाठीले बैंक नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणीसमेत गर्नुभयो। बैंकले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको उहाँको आरोप छ।