कृषि विकास कार्यालय मुगुका तात्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढामाथि २३ लाखभन्दा बढीको भ्रष्टाचार आरोप लागेको छ।
फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्ने चर्चा चलेका बेला गौरव थापाले आफुले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताउनुभएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् ।
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनुभयो ।
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।
भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपियाँ बरामद गरेको छ ।
तिमीले दिएको माया ममताको छायाँ सम्झने छु सदा तिमीले दिएको माया,
काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
भाइकिङ युगको छालाको जुत्ता इङ्ग्ल्यान्डको योर्कमा फेला पारिएको छ। योर्कको कपरगेटमा उत्खननका बेला परेका ती जुत्ता पानी जम्ने माटोमा समेत हजार वर्षसम्म सुरक्षित देखेर वैज्ञानिक हैरान छन्। योर्कको योर्भिक भाइकिङ सेन्टरमा ती जुत्ता प्रदर्शनीमा राखिएको छ ।
छ लाख वर्ष पहिले युरोपमा यस्तो मांसाहारी सिकारी कुकुर विचरण गर्दथ्यो जसको आकार भालुको जस्तो थियो। तौलमा करिब तीन सय २० किलोसम्म हुने यो कुकुर लोप भइसकेको छ। वैज्ञानिकले यस कुकुरको अवशेष फेला पारेका छन्। जसबाट यस प्रजातिका बारेमा वैज्ञानिकलाई अध्ययन गर्ने मौका मिलेको छ। आधा कुकुर र आधा भालुको जस्तो यस कुकुरलाई वैज्ञानिकले बियर डग नाम दिएका छन्। यसको वैज्ञानिक नाम द टारटेरोसियन हो। स्विट्जरल्यान्डको बासेलमा अवस्थित नेच्युरल हिस्ट्री म्युजियमका बास्टियन मेनेकार्टको टोलीले बियर डगको अवशेष खोजेको थियो।