• ८ जेठ २०८१, मङ्गलबार

सिंहदरबारका कर्मचारी नै छड्केमा

blog

काठमाडौं, साउन ११ गते । राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् । 

केन्द्रले दिएको बुधबार दिएको जानकारी अनुसार, सिंहदरबार परिसरमा रहेका विभिन्न मन्त्रालय, आयोग, कार्यालयको अनुगमन गर्दा विभिन्न पदका १२० जना कर्मचारीह अनुगमनको समयमा विना सूचना अनुपस्थित रहेको  पाइएको छ । 

त्यसैगरी, १९ जना कर्मचारीहरु अनुगमन गरिएको दिनभन्दा अगाडि विना कुनै सूचना अनुपस्थित रहेका तथा २८ जना कर्मचारीहरुले नेपाल सरकारले तोकेको पोशाक नलगाएको पाइएको छ । 

यसरी विना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी पनि केन्द्रले दिएको छ ।