• ३ साउन २०८१, बिहिबार

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छ : सञ्चारमन्त्री कार्की

blog

राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : रासस

काठमाडौं, साउन ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चारमन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताउनुभएको हो ।

सञ्चारमन्त्रीले भन्नुभयो, ‘‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिबद्ध छ । स्वस्थ र सत्यतथ्य, आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्णरुपले सचेत र विश्वस्त छ । सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो ।’’


सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ छ । उहाँले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एिसयामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउनुयो ।

उहाँले भन्नुभयो, ‘‘स्वस्थ र सत्यतथ्य, आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्णरुपले सचेत र विश्वस्त छ । सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । त्यसअनुरुप आजको दिनले हाम्रो नेपाली प्रेस जगतलाई अघि बढाउन सकोस् ।’’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्णरुपले सचेत र विश्वस्त रहेको उल्लेख गर्नुभयो ।