• ३० वैशाख २०८१, आइतबार

भाइकिङ युगको जुत्ता

blog

भाइकिङ युगको छालाको जुत्ता इङ्ग्ल्यान्डको योर्कमा फेला पारिएको छ। योर्कको कपरगेटमा उत्खननका बेला परेका ती जुत्ता पानी जम्ने माटोमा समेत हजार वर्षसम्म सुरक्षित देखेर वैज्ञानिक हैरान छन्। योर्कको योर्भिक भाइकिङ सेन्टरमा ती जुत्ता प्रदर्शनीमा राखिएको छ ।

इङ्ग्ल्यान्डमा भाइकिङ युग इस्वी संवत् ८०० देखि ११५० सम्म रहेको विश्वास गरिन्छ। स्केन्डिवेनियन साहसिक योद्धाहरू, व्यापारीहरू भने यस अवधि पहिले पनि रहेको मानिन्छ। भाइकिङहरू घुमन्ते र लडाकू प्रवृत्तिका थिए। 

युवामञ्च