शिक्षाका ज्योति नरसिंह गिरी
पञ्चायतकालमा सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा पकड जमाएका नेताको सूची लामो छ । बैतडीका ललित चन्द, लोकेन्द्रबहादुर चन्द, डोटीका खड्गबहादुर सिंह, खड्गबहादुर (केबी) शाही र नारायणदत्त भट्ट, अछामका नैनबहादुर स्वाँर, बाजुराका प्रकाशबहादुर सिंह, डडेलधुराका लालबहादुर खडायतका साथै बझाङका वीरेन्द्रबहादुर सिंह, चन्द्रजङ्गबहादुर सिंह र गगनजङ्गबहादुर सिंह सुदूर पश्चिमेली चर्चित पञ्च नेता थिए ।
वेदकालीन अर्थ राजनीतिमा महिला
वर्तमान समाज व्यवस्थाभित्रका विभिन्न क्रियाकलाप एवं निकायमा महिलाको सहभागिता तथा नेतृत्वको बहस भइरहेको छ । समाज विकासको ऐतिहासिक विकासक्रम केलाउने हो भने आजभन्दा करिब चार हजार वर्ष पुरानो प्राचीन समाज व्यवस्थामा पनि विभिन्न आर्थिक तथा राजनीतिक क्रियाकलाप एवं निकायमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरेको तथ्य त्यसबेला सिर्जित ऐतिहासिक सन्दर्भले प्रस्तुत गरेको देखिन्छ ।
ल्हासाका वकिल हिरण्यबहादुर
चलनचल्तीमा तिब्बतलाई उहिले ‘भोट’ भनिन्थ्यो । नेपाली लेखापढीमा तिब्बत शब्द प्रयोग नगरी ‘भोट’ शब्द प्रयोग गरिन्थ्यो । भोटसँग नेपालको सम्बन्ध नेपाल एकीकरणभन्दा पहिलेदेखिकै हो । मल्लकालमा समेत भोटसँग काठमाडौँ उपत्यकाको व्यापार हुने गथ्र्यो । सन् १८५६ देखि भोटमा नेपाल सरकारका प्रतिनिधि वकिलका रूपमा रहन थालेका थिए ।
अमेरिकी सामरिक सपना ग्रिनल्यान्ड
सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबिच भएको पारस्परिक रक्षा सम्झौता आजपर्यन्त प्रभावी छ । जब द्वितीय विश्वयुद्धमा डेनमार्क जर्मनीको अधिनस्त भयो नाजीको आक्रमणबाट ग्रिनल्यान्डको सुरक्षा गर्न अमेरिकाका लागि डेनमार्कका राजदूतसँग अमेरिकाले एक रक्षा सन्धि ग¥यो । त्यतिबेला ग्रिनल्यान्ड डेनमार्कको उपनिवेश थियो । द्वितीय विश्व युद्धमा जर्मनी पराजित भएपछि अमेरिकी सेना ग्रिनल्यान्डबाट बिदा हुनै लाग्दा एक नयाँ खतरा सतहमा देखा प¥यो– सोभियत सङ्घ ।
सालको पात टपरी गाँसेर...
नेपाली समाजमा यी र यस्ता अनेकौँ लोकगीत छन् । जहाँ सालको पात र त्यसबाट बन्ने दुना–टपरीको सन्दर्भ आउँछ । नेपाली सनातन धर्मावलम्बीको जन्मदेखि मृत्युसम्मका कर्ममा सालको पात प्रयोग अनिवार्य मानिएको छ । नामकरणदेखि अन्नप्राशन, व्रतबन्ध र विवाहसम्म तथा मृत्यु संस्कारदेखि श्राद्धसम्मका कर्ममा सालबाटै बनेको पात्र (भाँडा) प्रयोग हुन्छ ।
जडीबुटीमा जीवन खोज्ने ल्होमी
अल्पसङ्ख्यक हिमाली जाति हो–ल्होमी । यो जाति तिब्बत भूमिबाट शताब्दीयौँ पहिले नेपाल प्रवेश गरेको मानिन्छ । यो जातिलाई शिङसावा, स्यीङ्साबा वा कारभोटे, भोटिया भनेर पनि चिनिन्छ ।
बन्द छ खुलामञ्च
काठमाडौँको मध्यभागमा अवस्थित खुलामञ्च चिटिक्क परेको छ । मैदानमा हरियो दुबो, मञ्च सप्तरङ्गी कलरले सजिएको छ भने चारैतिर आकर्षक पैदलमार्ग बनाइएको छ । खुलापनको प्रतीक अर्थात् अभिव्यक्ति स्वतन्त्रताको सङ्गमस्थल खुलामञ्च सुन्दर र आकर्षक देखिए पनि ‘बन्द’ छ ।