नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम निवासमा आज बुधबार उहाँहरुबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता मधेशी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताउनुभएको छ ।
ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिनको समय दिएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिनुभएको हो।
युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।
उद्योग व्यवसायमा अधिकांश पुरुषको बाहुल्य रहने गरे पनि पछिल्लो समय पाल्पामा महिलाको सहभागिता उत्साहजनक देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयको नयाँ भवन बन्ने भएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गरेको छ । भारतबाट हरियो तरकारी विनापरीक्षण ल्याउन सरकारले अनुमति दिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका हुन् ।
लहान नगरपालिकाले आयोजना गरेको आँखा जाँच शिविरमा अहिलेसम्म तीन हजार भन्दा बढीको आँखा जाँच भइसकेको छ।
ग्रिसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ ।
प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ ।