• १३ साउन २०८१, आइतबार

जनमत बढेकाले एमाले झन् बलियो : उपमहासचिव ज्ञवाली

blog

एमाले तनहुँले बन्दीपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवाली । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन १७ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ । एमाले तनहुँले बन्दीपुरमा आज गरेको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताए । एमालेको जनमत बढेकाले झन् बलियो भएको छ उहाँले भन्नुभयो ।

एमाले सरकार बाहिर हुँदा देशमा नयाँ अस्थिरता छाएकाले एमालेप्रति नै जनताले भरोसा गरेकाले पार्टी बलियो बनेको उहाँको भनाई छ  परिवर्तनलाई रोक्नका लागि यथास्थितिवादीले षडयन्त्र गरेकाले गठबन्धन भत्किएको उहाँले बताउनुभयो । एमालेको सहयोगबाट प्रधानमन्त्री बनी गठबन्धनको सबैभन्दा बढी लाभ लिनुभएको पुष्पकमल दाहाल प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको उहाँको आरोप छ । देश एमालेको नीति तथा सिद्धान्तमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । विश्व राजनीति नै मार्क्सवाद विचारधाराबाट अगाडि बढेको हुँदा त्यसको लिगेसी एमालेले मात्र बोकेको उहाँले दाबी गर्नुभयो । हाल परिवर्तनकारी शक्ति र परिवर्तन विरोधी शक्तिको बीचमा शक्ति सङ्घर्ष चलिरहेको हुँदा त्यसलाई चिर्न एमाले सफल हुने उहाँले बताउनुभयो ।


बुधबार र बिहीबार गरी दुई दिन बन्दिपुरमा हुने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीसहित पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । हाम्रो सिद्धान्त–मार्क्सवाद–लेनिनवाद र जबजको कार्यक्रम, समाजवादको आधार निर्माणको कार्यदिशा, पार्टीको प्रमुख नीतिहरू, नेपाली क्रान्तिको विशेषता, सीमा र आगामी बाटोसम्वन्धी प्रशिक्षण प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।